साहित्य

एजेन्सी । अक्षय कुमार, सुनिल सेट्ठी र परेश रावल 'हेरा फेरी- ३' मा आउँदैछन् । सुरुको हेरा फेरी सन् २००० मा अनि 'फिर हेरा फेरी' सन् २००६ मा रिलिज भएको थियो ।
'हेरा फेरी -३' लाई भने प्रियदर्शनले निर्देशन गर्नेछन् ।
फिल्म यही वर्षको डिसेम्बरबाट सुटिङ्ग हुँदैछ । सुनिल सेट्ठीले आफू फिल्म खेल्नलाई निकै नै आँतुर भएको बताएका छन् ।
फिल्ममा श्यामको रुपमा देखिएका सुनिल सेट्ठीले 'फिर हेरा फेरी' भन्दा 'हेरा फेरी' निकै राम्रो रहेको बताए । मानिसहरुले इमान्दार र सङ्घर्षशील क्यारेक्टरलाई बढी रुचाउने उनले बताए ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६ १२:२१
प्रतिक्रिया दिनुहोस्