site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘आप्पा’ले ल्यायो फोटो र भिडियो स्टोरी च्यालेन्ज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आप्पा’ले प्रचारको नयाँ शैली अपनाएको छ । असार १३ गतेदेखि अल नेपाल रिलिज हुन लागेको चलचित्रले स्टोरी र भिडियो च्यालेन्जको योजना अगाडि सारेको छ ।
 
‘आप्पा’ले भिडियोमार्फत सार्वजनिक गरिएको ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा अभिनेता दयाहाङ राईले जानकारी दिएका छन् । बुवा-छोरोका कथा भन्ने चलचित्रमा दयाहाङ राई आप्पा (बुवा)को भूमिकामा छन् । चलचित्रमा सिद्दार्थराज तामाङले छोराको भूमिका निर्वाह गरेका छन् । 

‘आप्पा स्टोरी च्यालेन्ज’मा दुई माध्यमबाट सहभागिता जनाउन सकिनेछ । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै ‘आप्पा’लाई भन्न मन लागेको कुरा लेख्नु पर्नेछ । र उक्त पोस्टलाई ‘आप्पा नेपाली मुभी’को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । अन्तिममा उक्त पोस्ट आफ्नो तीन  जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवा (आप्पा)सँगको भिडियो अपलोड गरेर ‘आप्पा’लाई भन्न मन लागेको कुरा व्यक्त गर्नुपर्नेछ । फोटोमा जस्तै तीन जना साथी र ‘आप्पा’ सिनेमाको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा बताउनु पर्नेछ ।

च्यालेन्जमा सहभागीमध्ये जसको स्टोरी प्रेरणादायी हुन्छ उसलाई विजेता घोषित गरिनेछ । फोटो स्टोरीको विजेताले २५ हजार नगद र ‘आप्पा’ सिनेमा प्रिमियरको दुईवटा टिकट प्राप्त गर्नेछन् भने भिडियो स्टोरीतर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुई वटा टिकट जित्नेछन् । 

असार ६ गते भित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ । अनमोल गुरुङले निर्देशन गरेको चलचित्र ‘आप्पा’मा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वासलगायतको अभिनय छ ।
 

 

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १६:२४
प्रतिक्रिया दिनुहोस्