साहित्य

काठमाडौं । दीपक मनाङेले चलचित्र निर्माण गर्ने भएका छन् । गुन्डा नाइके भनेर चिनिने मनाङेले चलचित्र चलचित्र ‘पोइ पर्यो काले’मा लगानी गर्न लागेका हुन् ।
सौगात मल्ल, पुजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रलाई मनाङेले लगानी गर्ने भएका हुन् । सोमबार घोषणा गरिएको चलचित्रमा मनाङेसँगै देवी राईको पनि यो चलचित्रमा लगानी छ ।
किरण नेपाली र रघू परियार यो चलचित्रको कार्यकारी निर्माताका रुपमा रहने छन् ।
‘पोइ पर्यो काले’मा शिशिर राणाले लेखन तथा निर्देशन रहने छ । कात्तिक ८ गते चलचित्र रिलिज हुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६ १६:०७
प्रतिक्रिया दिनुहोस्