site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जात्रै जात्रा’लाई हलहरुले शो बढाए 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’लाई हलहरुले शो थपेका छन् । ‘जात्रै जात्रा’ हेर्न आउने दर्शकको संख्या बढ्दै गएपछि मल्टिप्लेक्स र सिंगल थिएटरहरुले शो थपेका हुन् । 

“अफ डेमा समेत शो थपिएको छ । शुक्रबार र शनिबार विहानको शोमा दर्शक आए पनि अफ डेमा दर्शक नआउने भएकाले हलहरुले शो सामान्यतः राख्दैनन्,” जात्रै जात्रा निर्देशक प्रदीप भट्टराईले भने, “तर जात्रै जात्रामा अफ डेमा पनि विहानको शो पनि हलहरुले दिएका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भट्टराईले मल्टिप्लेक्स र सिंगल थिएटरहरुले ‘जात्रै जात्रा’लाई शो थपिदिएको बताए । “सुरुमा दुईटा दिनेले चारवटा चारवटा दिनेले छ वटा शो पुर्याएका छन्,” निर्देशक भट्टराईले भने । उनका अनुसार ‘जात्रै जात्रा’ले मंगलबार काठमाडौंका मल्टिप्लेक्समा ५८ शो पाएको छ । काठमाडौं भित्र र बाहिर गरेर १५४ वटा हलमा ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको उनको भनाइ छ । 

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा विपीन कार्की, रविन्द्रसिंह वानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भू्मिकामा छन् । ‘जात्रै जात्रा’ तीन वर्ष अगाडि रिलिज भएको चलचित्र ‘जात्रा’को सिक्वेल हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १२:३१
प्रतिक्रिया दिनुहोस्