site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अमर न्यौपानेले भने– प्रदीप भट्टराई नेपालका राजकुमार हिरानी

काठमाडौं । साहित्यकार अमर न्यौपानेले निर्देशक प्रदीप भट्टराईलाई नेपालको राजकुमार हिरानी भनेका छन् । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’ हेरेपछि साहित्यकार न्यौपानेले भट्टराईलाई भारतीय चलचित्र उद्योगमा सफल निर्देशक राजकुमार हिरानीसँग तुलना गरेका हुन् ।

“यस (जात्रै जात्रा) फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई त मलाई नेपालका राजकुमार हिरानी जस्तो लाग्यो । अर्गाग्यानिक कथामा सन्तुलित मसला हालेर गम्भीर विषयलाई हाँस्यचेत दिन खप्पिस,” भन्दै उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “यो फिल्म आज हेरेँ । धित मरेको छैन, फेरि हेर्छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशको समसामयिक विषयलाई हाँस्य माध्यमबाट तीखो व्यङग्य प्रहार गरेको उल्लेख गर्दै लेखेका छन्, “देशमा पनि सुनको कथा, फिल्ममा पनि सुनकै कथा । देशमा केही ठूला माछा र साना माछाले सुनको कथा प्रस्तुत गरे । साना माछा देखिए या देखाइएस ठूला माछा भने लुके या लुकाइए । देखिनु पर्ने ठूलो होस छोपिने पर्ने सानो हो । तर राजनीतिमा ठूला छोपिन्छन्स साना देखिन्छन् । जात्रैजात्रामा भने ठूलासाना सबै देखिन्छन् । यसमै मजा छ ।”

जात्रैजात्राको सबैभन्दा ठूलो शक्ति भनेकै वैचित्र्यपूर्ण संवाद र कथामा दर्शकले नसोचेका ट्वीस्टहरु हुनु भन्दै न्यौपाने अगाडि लेख्छन्, “धेरैजसो संवादले एउटै मात्र अर्थ बोक्दैनन् । ती व्यञ्जनात्मक छन् । पात्रहरुको अभिनय अब्बल छ । पात्रहरुले संवाद जिब्रोबाट होइन जीवनबाट बोलेजस्तो लाग्छ । अभिनय गरे जस्तो लाग्दैन, जीवन बाँचे जस्तो लाग्छ ।”

प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’ गत शुक्रबारबाट प्रदर्शन भइरहेको छ । चलचित्रमा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउतलगायत कलाकारको अभिनय छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १५:३०
प्रतिक्रिया दिनुहोस्