site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 विष्णु माझीको स्वरमा 'अनुसन्धान' सार्वजनिक

काठमाडौं । धुन नेपालको प्रस्तुतिमा रहेको 'अनुसन्धान' बोलको गीत सार्वजनिक गरिएको छ । जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत 'अनुसन्धान' बुधबार सार्वजनिक गरिएको हो।

उक्त भिडियोलाई धुन नेपालले बजार व्यवस्थापन गरेको छ  । गीतमा गायिका बिष्णु माझी र नवगायक अशोक विकको स्वर रहेको छ । गीतमा शब्द सागर रेग्मीका हुन् भने लय किशोर खत्रीले गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्देशक डि आर सुजनको निर्देशनमा रहेको गीतमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरुको अभिनय छ । 

गीतलाई धुन नेपालको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्त गीतलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १६:३४
प्रतिक्रिया दिनुहोस्