
काठमाडौं । ‘नेपाल्स् प्लस साइज मोडल–२०१९’ का लागि २० प्रतियोगी छानिएका छन् । प्रारम्भिक चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका हुन् । अडिसनमा ३० भन्दा बढी ब्यक्तिको सहभागिता रहेको थियो ।
अडिसनमा सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाह, मिस चब्बी विजेता लुना गुरुङ, कलाकार तथा समाजसेवी प्रिती कार्की, मोडल तथा नेपाल स्टर मोडल सेकेन्डरनरअफ विजेता आयुसा ठाकुर लगायत निर्णाय रहेका थिए ।
समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दै उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उदेश्य रहेको प्रतियोगिताका शीर्ष विजेता ५० हजार, फष्ट तथा सेकेन्ड रनरअप विजेताले क्रमशः ३० र २० सहित बिभिन्न पुरस्कार जित्न सक्ने आयोजक सिद्धि मिडियाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘मेरो कमजोरी मेरो क्षेमता’नारा रहेको प्रतियोगिताको आयोजक सिद्धि मिडिया रहेको छ ।