site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 चलचित्र ‘आप्पा’को 'अमला...'  सार्वजनिक

काडमाडौं । नेपाली कथानक चलचित्र ‘आप्पा’को गीत सार्वजनिक भएको छ । दयाहाङ राई स्टारर चलचित्रको ‘अमला’ बोलको गीत सार्वजनिक गरिएको छ । 

सार्वजनिक गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिडियोमा किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका छन् । रवी न्यौपानेले छायांकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।

चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यसअघि जेठ २४ गते रिलिज हुने भनिएको ‘आप्पा’ अब असार १३ गते रिलिज हुने भएको छ । 

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । 

चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चासँगै वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारकोसमेत मुख्य भूमिका रहेको छ । 

‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद रहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ०७:२१
प्रतिक्रिया दिनुहोस्