site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पशुपति शर्माले गाए-जसरी नी बनाउने हो क्रिकेट रङ्गशाला

काठमाडौं । गायक पशुपति शर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । हजुर हाम्रै पाला जसरी नी बनाउने हो क्रिकेट रङ्गशाला बोलको गीत उनले शुक्रबार सार्वजनिक गरेका हुन् । 

गीतमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाउन सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा सहयोग जुटाउन आह्वान गरिएको छ । आँटे आफ्नै पालामा महत्वाकांक्षी काम गर्न सकिने उल्लेख गरिएको गीतका सकेको सहयोग गर्न आग्रह गर्दै क्रिकेट रङ्गशालाले देशकै छबी उचो पार्ने गीतमा उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पशुपति शर्माको शब्द तथा संगीत रहेको गीतमा उनलाई स्वरमा देवी घर्तीले साथ दिएकी छन् । 

धुर्मुस सुन्तली युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले केही समय अगाडि आयोजना गरिएको क्रिकेट प्रतियोगिताको फुटेजका साथमा रङ्गशाला निर्माणको फुटेज समावेश गरिएको छ । भिडियो निर्देशन शंकर विसिले गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  २१:५९
प्रतिक्रिया दिनुहोस्