site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 ‘उखान टुक्काले देश चल्दैन, एक धक्कामा सरकार ढल्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिपक्षमा रहेका राजनीतिक दलहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारविरुद्धको आन्दोलनको नेतृत्व गर्न आग्रह गरेका छन् ।  

शुक्रबार विभिन्न ११ राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन’ विषयक विचार गोष्ठिमा सहभागी विभिन्न दलका नेताहरुले देउवालाई सरकारविरुद्धको आन्दोलनलाई नेतृत्व गर्न आग्रह गरेका हुन् । 

सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरित चलेको ठहरसहित सरकारबाहिर रहेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, नयाँ शक्ति पार्टी, नेकपा, नेकपा माओवादी केन्द्र, राष्ट्रवादी केन्द्र नेपाललगायतका दलहरु कांग्रेसले आन्दोलनको अगुवाई गर्नुपर्ने पक्षमा देखिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले कांग्रेस सभापति देउवाले संसद र संसद बाहिर प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतामा सशक्त भूमिका निर्वाह गर्न नसकेकोसमेत बताएका छन् । सरकार बाहिर रहेका दलहरुले उनलाई सरकारका गैरसंवैधानिक क्रियाकलापविरुद्ध सशक्त ढंगले प्रतिपक्षी भूमिका निर्वाह गर्न सझुाव पनि दिए । 

‘‘यो सरकारले प्रतिपक्षीको नेता पाएको छैन । प्रतिपक्षीको नेता भइदिनुस्, हामी सहयोग गर्छौं । एक धक्कामा यो सरकार ढल्छ,’’ कांग्रेस सभापति देउवालाई संसद र सडकमा सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्दै राष्ट्रवादी केन्द्र नेपालका नेता चन्द्रबहादुर थापा ‘सागर’ ले भने, ‘‘नेपाली माटोले सशक्त प्रतिपक्षी नेता खोजेको छ । जनताले खोजिरहेका छन् ।’’

Global Ime bank

नेकपा माओवादी केन्द्रका गोपाल किराँतीले सरकार लोकतन्त्रका उपलब्धि खोस्न खोजिरहेको दाबी गर्दै अब आन्दोलनको विकल्प नभएको जिकिर गरे । उनले कांग्रेस सभापति देउवालाई सम्पूर्ण लोकतान्त्रिक शक्तिका तर्फबाट आन्दोलनको अगुवाइ गर्न आग्रह गर्दै बामपन्थी शक्तिको अगुवाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले गर्ने बताए । 

सरकारले सीके राउतसँग गरेको सम्झौताको आलोचना गर्दै किराँतीले कांग्रेसको सरकारको पालमा उक्त सम्झौता गरिएको भए तत्कालीन नेकपा माओवादीले सरकार ढालेर देखाउने सम्भावना आंैल्याए । माओवादी केन्द्रका नेता किराँतीले सरकारविरुद्धको आन्दोलनका लागि छलफल गर्नुपर्नेमा पनि जोड दिए ।  

‘‘सीकेसँग कांग्रेसको सरकारले सम्झौता गरेको भए यी एमालेहरुले सरकार उखेलेर हटाई दिन्थे,’’ देउवालाई सचेत गराउँदै उनले थपे, ‘‘सरकारविरुद्ध बामको अगुवाई किरणजीले गर्नुहुन्छ, देउवाजी तपाईं लोकतान्त्रिक शक्तिका तर्फबाट आगुवाइ गर्नुस् । ओली सरकार राजीनामा गर भनेर सडकमा जाउँ ।’’ 

राजपा अध्यक्ष मण्डलका पूर्वसंयोजक राजेन्द्र महतोले ११ वटै विद्यार्थी संगठनहरुलाई सरकारविरुद्ध आन्दोलनका लागि तयार भएर बस्न निर्देशन दिए । ‘‘उखान टुक्काले देश चल्दैन । यो सरकारविरुद्धको आन्दोलनका लागि विद्यार्थी साथीहरु तयार भएर बस्नुस्,’’ उनले भने, ‘‘सडकमै आन्दोलनका क्रममा हामी भेटौंला ।’’ नेता महतोले जनताका समस्याहरुको समाधानका लागि आन्दोलन बाहेक अन्य कुनै उपाय बाँकी नरहेको जिकिरसमेत गरे । 

नेकपाका अध्यक्ष ऋषी कट्टेलले देश ओलीतन्त्रको यातना गृहका रुपमा रुपान्तरण भएको टिप्पणी गर्दै आन्दोलनका लागि तयार रहन आग्रह गरे । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि प्रतिवन्ध लगाएर फाँसिष्टवादी शैलीमा चलिरहेको आरोप लगाए । 

‘‘विप्लवमाथि प्रतिवन्ध लगाएर यो सरकार फाँसिष्टवादको शैलीमा अघि बढेको छ । फाँसिजम्विरुद्ध एकजुट भएर विप्लवमाथिको प्रतिवन्ध फुकुवा गरेर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने वातावरण तयार पार्न सशक्त आन्दोलनको आवश्यकता छ,’’ अध्यक्ष कट्टेलले भने, ‘‘ अब चुप लागेर बस्ने बेला होइन, सशक्त आन्दोलनका लागि तयार रहन सबैलाई आग्रह गर्दछु ।’’

नेकपा मालेका महासचिव सीपी मैनालीले सरकाविरुद्धको आन्दोलनका लागि प्रतिपक्षमा रहेका दलहरुको संयुक्त बैठक बोलाउन कांग्रेस सभापति देउवासँग आग्रह गरे । ‘‘अहिलेको आवश्यकता एजेण्डा बनाएर लड्नु हो । सार्थक साझा एजेण्डा बनाउनु जरुरी छ,’’ उनले भने, ‘‘आन्दोलनको तयारीका लागि देउवाजीलाई सबै दलको बैठक बोलाउन आग्रह गर्दछु ।’’

विचार गोष्ठिमा नेकपा क्रान्तिकारीका महासचिव वैद्यले मुलुकको अहिलेको स्थिति अत्यन्तै गम्भिर अवस्थामा पुगेको भन्दै आन्दोलनको आवश्यकतामा जोड दिए । सरकारले आफूलाई कम्युनिष्ट सरकार भनिरहेको भन्दै उनले आपत्ति जनाए । 
वैद्य केपी शर्मा ओली नेतृत्वको सरकारलाई दलालको संज्ञा दिए । ‘‘यिनीहरु आफूलाई कम्युनिष्ट भनिरहेका छन् । न यिनीहरु कम्युनिष्ट हुन न लोकतन्त्रवादी नै,’’ अध्यक्ष वैद्यले भने, ‘‘यिनीहरु दलाल हुन् । फाँसीवादी हुन् ।’’ उनले विप्लवमाथि लगाइएको प्रतिवन्ध फुकवाको माग गर्दै राजनीतिक तवरले उठेका मुद्दाको सुनवाई राजनीतिक ढंगबाटै गरिनुपर्नेमा जोड दिए । महासचिव वैद्यले सीके राउनसँग सरकारले गरेको सम्झौतामा गम्भिर रहस्य लुकेको पनि दावी गरे । 

विभिन्न कम्युष्निट पार्टीका नेताहरुले सरकारविरुद्ध आन्दोलनको विकल्प नभएको भन्दै आन्दोलनको नेतृत्व गर्न आग्रह गरेपछि कांग्रेस सभापति देउवाले पनि सरकारविरुद्ध आन्दोलनको विकल्प नभएको दोहो¥याए । उनले ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष वितिसक्दा पनि देखाउन लायक एउटा पनि काम गर्न नसकेको भन्दै आलोचना गरे । 

अहिलेको सरकार गठन भएपछि करले जनताको ढाड सेकिएको जिकिर गर्दै देउवाले प्रधानमन्त्री ओलीको नाम परिवर्तन गरेर करप्रसाद ओली राख्नुपर्ने टिप्पणी गरे । उनले विप्लवलाई हत्या–हिंसा त्यागेर शान्तिपूर्ण बाटोमा आउन सुझाव दिँदै सरकारलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न सुझाए । 

‘‘विप्लव पनि हत्या–हिंसा छाडेर आउनुपर्छ । बम पड्काएर, मान्छे मारेर केही हुनेवाला छैन्,’’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘‘सरकारले विप्लवसँग तत्काल वार्ता अगाडि बढाउनुपर्छ ।’’ 
  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement