site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एड्‍स उन्मुलन अभियानमा अर्बौं खर्च, अझै उपचारको पहुँचमा पुगेनन् संक्रमित

काठमाडौं । सरकार र विभिन्न दातृनिकायको सहयोगमा वार्षिक एचआईभी एड्सविरुद्धको अभियनमा अर्बौं रकम खर्च हुँदै आए पनि यस रोगका सबै संक्रमित उपचारको पहुँचमा पुग्न सकेको छैनन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशैंभर जनचेतना जगाउने, नयाँ बिरामी पत्ता लगाउने र उनीहरूलाई उपचारको पहुँचमा ल्याउने, जोखिममा रहेका संक्रमितहरुको खोजी गर्ने काम गरिरहेको जनाउँदै आएको छ। तर यस रोगका सबै संक्रमित अझैपनि उपचारको पहुँचमा आउन नसकेको पाइएको हो ।

यसवर्ष सरकारले एचआईभी एड्सका लागि ७५ करोड रकम विनियोजन गरेको छ। त्यसमा विभिन्न दातृ निकायको सहयोग गरी करिब दुई अर्ब खर्च हुने गरेको छ।

यस वर्ष कुल बजेटको ३५ प्रतिशत रकम प्रदेशमा, ३५ प्रतिशत स्थानीय तह र ३० प्रतिशत रकम केन्द्रमा रहने गरी विनियोजन भएको केन्द्रले जनाएको छ। केन्द्रका निर्देशक डा. तारानाथ पोख्रेलले सबै एचआइभी संक्रमितलाई उपचारको पहुँचमा ल्याउन सरकारले विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको बताए ।

पोख्रेलले भने, “अब स्थानीयस्तरमा नै लुकेर रहेका एचआइभी संक्रमितहरु पत्ता लगाउन महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने कार्यक्रम स्थानीय तहले गर्नेछ। त्यसका लागि एक जना नयाँ बिरामी पत्ता लगाएवापत स्वयंसेविकालाई एक हजार रुपैँया प्रोत्साहन स्वरुप उपलब्ध गराउँदै आएको छ।" तर अहिलेसम्म कति स्वयंसेविकाले कति नयाँ बिरामी पत्ता लगाए भन्ने तथ्याकं भने आएको छैन। 

सरकारले सन् २०३० सम्म नेपालबाट एड्स उन्मुलन गर्ने लक्ष्य राखेको छ। यस रोगका कारण बिरामी र उनका परिवारले भोग्नुपर्ने भेदभावपूर्ण व्यवहारको डरले खुलेर उपचारका लागि नआउने गरेको पाइएको छ। जसलाई हटाउन सरकारी स्तरबाट नै विभिन्न सञ्चारमाध्यमबाट जनचतेनामुलक कार्यक्रम भइरहेको डा पोख्रेल बताउँछन्।

त्यसैगरी, नेपालमा करिब ३१ हजार २० जना एचआइभी संक्रमित रहेको केन्द्रले सार्वजनिक गरेको तथ्याकंले देखाएको छ। जसमा १९ हजार २० जना पुरुष  र १२ हजार महिला रहेको केन्द्रले जनाएको छ । १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति बढी संक्रमित भएको पाइएको छ। यो उमेर समूहको नेपालको कूल जनसंख्यामध्ये ०.१५ प्रतिशत एचआइभी संक्रमित छन् भने सन् २००४ मा यो दर ०.५ प्रतिशत थियो।
 
केन्द्रका सूचना अधिकारी वीरबहादुर रावलले सरकारले केन्द्रले गर्दै आएका नियन्त्रण तथा रोगथामका कार्यक्रम अब सथानीय तहले नै गर्ने बताए।  एचआईभी असुरक्षित यौन सम्पर्क, वैदेशिक रोजगारीमा गएका, सुईबाट लागुपर्दाथ प्रयोग गर्ने यौनकर्मी, कैदीबन्दीहरु एचआईभीको संक्रमणको उच्च जोखिममा रहेका समूह हुन्। 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro