site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुष्ठरोग निवारण भएको ९ वर्ष, तर बिरामी बढ्दै ! 

काठमाडौं । सरकारले नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको ९ वर्ष पुग्यो । तर, अहिले पनि कुष्ठरोगका बिरामी बढिरहेको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाको तथ्याङ्कले देखाएको छ । 

सरकारले २०६६ साल माघ ५ मा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनको नियमअनुसार नै सरकारले प्रति १० हजार जनसंख्यामा एकभन्दा कम कुष्ठरोगी भएको अवस्थामा निवारणको घोषणा भएको थियो । निवारण घोषणा भएको वर्ष कुष्ठरोगका बिरामीको संख्या ०.७७ प्रतिशत थियो भने अहिले बढेर आर्थिक वर्ष ०.९४ पुगेको छ ।

उता, विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकमा नेपालबाट कुष्ठरोग निवारण भएको देखिएको छ । तर, नेपालको तथ्याङ्क हेर्दा अझै पनि नेपालका १८ वटा जिल्लाहरूमा कुष्ठरोगका बिरामी रहेको पाइएको छ । जसमा अधिकांश तराईका  जिल्ला छन् । 

निवारणको घोषणा गर्नुको अर्थ त्यो देशमा कुनै खास रोग सार्वजनिक स्वास्थ्य समस्याको रूपमा नरहनु हो । तर अझै पनि कुष्ठरोगका बिरामी हरेक वर्ष अस्पतालमा आउने दर बढिरहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख चिकित्सक डा. रविन्द्र बास्कोटाले बताए । “कुष्ठरोगका बिरामी बढेका त होइनन्, तर कुष्ठरोगी पत्ता लगाउने हाम्रो कार्यक्रमले गर्दा रोग तथा रोगीको पहिचान बढेको हो र स्वास्थ्य संस्थामा आउनेको संख्या बढेको मात्र हो,” उनले भने ।

सरकारले जिल्ला स्तरबाट नै सन् २०२० मा नेपालबाट कुष्ठरोग पुनः उन्मूलन गर्न लागेको ईपिडियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका डा. विवेक लालले बताए । “विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आजभन्दा ९ वर्षअघि कुष्ठरोगका बिरामी देखिएनन् र, हामीले निवारण भएको भन्यौं । तर २०६७ मा गाउँगाउँमा गएर खोजपड्ताल गर्दा यसका बिरामी भेटिन थाले । त्यसकारण अब जिल्ला स्तरबाट नै फेरि निवारण गर्न लागेको हो,” उनले भने ।

यस वर्ष कुष्ठरोग निवारणका लागि कुल १६ करोड बजेट विनियोजन भएको छ । जसमा स्थानीय तहमा ६५ प्रतिशत, प्रदेशमा २५ प्रतिशत र केन्द्रमा १० प्रतिशत बजेट छुट्याइएको शाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले अहिले पनि १८ जिल्लामा कुष्ठरोगका बिरामी रहेको बताए । “निवारण भएको समयदेखि यताको तथ्याङ्क हेर्दा हरेक वर्षजस्तो बढेको देखिन्छ तर यो नयाँ बिरामी होइनन् । पहिलेदेखि नै रहेका उपचार गर्न आएकाले अहिले बढेको देखिएको हो,” उनले भने, “यस्ता बिरामीहरुको खोजी गरेर उपचारको पहुँचमा पुर्याउन सकेमा अर्को वर्षबाट पूरै निवारण पार्न सकिन्छ ।” सरकारले कुष्ठरोगका बिरामीका घरपरिवारलाई स्वास्थ्य बिमा नि.शुल्क गरिदिने तयारी गरेको उनले बताए ।  

हाल केन्द्रले विभिन्न अस्पतालबाट १ लाख ९० हजारभन्दा बढी कुष्ठरोग बिरामीलाई बहुऔषधी खुवाउँदै आएको छ । नियमित कुष्ठरोग उपचार गरेमा पूर्ण रुपमा निको हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार यो रोगका बारेमा खुलेर उपचार गर्न आउँदा बिरामी बढेको डा. बास्कोटाको भनाइ छ ।

सरकारले यस रोगको उपचार स्वास्थ्य संस्थामा नि.शुल्क गरेको छ  समयमै उपचार गरे अपाङ्गता हुनबाट बच्न सकिन्छ । कुष्ठरोगको नियमित उपचार गर्नेलाई सरकारले मासिक १ हजार रुपैयाँ दिने गरेको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro