site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरमा एकतारे ‘सीताशरण’, तीनतारेको सुविधा
SkywellSkywell

जनकपुर । धार्मिक पर्यटनमा कहलिएको जनकपुरधाम । यसका धार्मिक र सांस्कृतिक महत्वबारे अधिकांश जानकार छन् । राजा जनकको राजधानी जनकपुर यसरी कहलिनुका प्रमुख कारणमा टिकमगढकी महारानीले ९ लाखमा निर्माण गरिदिएको कलात्मक जानकी मन्दिर पनि एक हो । 

पछिल्लो पटक जनकपुरको पर्यटकीय सौन्दर्यमा खासै सुधार नआए पनि पर्यटक आकर्षित गर्न र पाहुनालाई उत्कृष्ट सेवा दिन राम्रा होटल निर्माण भइरहेका छन् । । तीन दशकअघि एकाध संख्यामा होटल थिए तर, अहिले तारेस्तरका होटल सञ्चालन भएका छन् । 
यही भीडमा आफ्ना भिन्ने पहिचान बनाउँदै अगाडि आएको छ– जनकपुर जिरो माइलस्थित होटल सीताशरण । 

यस क्षेत्रको पर्यटकीय विकासमा समेत टेवा पुगोस् भन्ने हेतुले गैरआवासीय नेपाली (एनआरएन) बैद्यनाथ शर्मा ‘हिरा’ ले यो होटल स्थापना गरेका हुन् ।

KFC Island Ad
NIC Asia

२०७१ वैशाख १९ बाट सञ्चालनमा आएको सीताशरणले जनकपुरमा रहेको सुविधासम्पन्न होटल अभावको चर्चामाथि पूर्णविराम लगाइदिएको होटलमै बसिरहेका एक पर्यटकले बताए । शर्माले करिब २५ करोड लगानी गरी होटल स्थापना गरेका हुन् । 

होटलका महाप्रबन्धक कमल सिंहका अनुसार ४० देखि ५० कर्मचारी कार्यरत छन् । अधिकांश सुदूरपश्चिमका र सबै होटल व्यवस्थापनमा पोख्त छन् । जनकपुरमा उल्लेख्य संख्यामा भारतीय पर्यटक आउने गरेका कारण सीताशरणमा पनि भारतीय नै बढी हुने गरेका छन् । त्यसबाहेक तेस्रो मुलुकका पर्यटक पनि आउँछन् । ‘हाम्रो होटलमा अमेरिका, चीन, बेलायतजस्ता देशका पर्यटक पनि आइरहेका हुन्छन्,” उनले भने ।

Royal Enfield Island Ad

जनकपुर भारतीय पर्यटकको तीर्थाटनको एक केन्द्रसमेत भएकाले विशेष चाडपर्वमा भक्तको भीड हुने गर्छ । विवाह पञ्चमी, रामनवमीलगायत पर्वका बेला जनकपुरमा मेला लाग्दै आएको र यसमा भारतीय पर्यटकको उपस्थिति व्यापक हुने गरेको छ । यस्ता धार्मिक अवसरमा पनि होटलले ग्राहकलाई सेवा दिँदै आएको सिंहले बताए । “पाहुनालाई सन्तुष्ट तुल्याउने गरी सेवा दिन दत्तचित्त भएर लागेका छौं,” उनले भने । 

उनका अनुसार जनकपुर क्षेत्रलाई केन्द्रित गरी हुँदै आएको सरकारी, गैरसरकारी संस्थाका सभा, सम्मेलन, गोष्ठी, बैठक, साधारणसभा आयोजना गर्न सीताशरण उपयुक्त रहँदै आएको छ । यसका साथै होटलमा रेस्टुरेन्ट, ब्यांक्वेट पनि छन् । होटललाई कलात्मक चित्रले सिँगिरिएको छ ।  

सीताशरण एकतारे स्तरको भए पनि तीनतारे स्तरको सुविधा दिँदै आएको महाप्रबन्धक सिंहले जानकारी दिए । सीताशरणमा वार्षिक २ हजारभन्दा बढी पाहुना आउने गरेको तथ्यांक छ । होटलमा हाल ३६ सुविधासम्पन्न कोठा छन् जसमा ७२ बेड छन् ।

होटलले टुर प्याकेजको व्यवस्था पनि गरेको छ । जनकपुर धार्मिक क्षेत्र भएको र यसवरपर पनि केही धार्मिक स्थल रहेकाले ती स्थान भ्रमणको व्यवस्था पनि सीताशरणले मिलाउँदै आएको छ । जनकपुरवरिपरिका मटिहानीजस्तो पुरातात्विक तथा ऐतिहासिक स्थल, धनुषाधाम, जलेश्वरनाथ जस्ता धार्मिक महत्वका पोखरीले यस क्षेत्रलाई थप आकर्षक बनाएका छन् । त्यसैले पनि प्याकेज टुर व्यवस्था गरिएको सिंहले बताए ।

धार्मिक र पुरातात्विक दृष्टिकोणबाट उत्कृष्ट मानिए पनि भौतिक संरचना निर्माणमा देखिएको उदासिनताका कारण जनकपुर सोचेजति सुन्दर देखिँदैन ।  जनकपुरको विकास गर्न स्थानीय निकाय तथा प्रदेश सरकारले विभिन्न काम अगाडि बढाएका कारण अब यहाँ आन्तरिक तथा वाह्य पर्यटक बढ्दै जाने व्यवसायीको भनाइ छ ।

सीताशरणका सञ्चालक सदस्य साकेत शर्मा ‘मुरारि’ का अनुसार सीताशरण समूहले निकट भविष्यमै जनकपुरको शिवचोकमा २२ बेड क्षमातयुक्त सीताशरण होटल एन्ड प्लाजा सञ्चालनमा ल्याउन लागेको छ । “जनकपुर आउने आन्तरिक तथा वाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने उद्देश्यले केही महिनाभित्रै नयाँ होटल सञ्चालनमा ल्याउँछौं,” उनले भने, “यसमा सबैको साथ र सहयोग मिल्ने विश्वास छ ।”     
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro