site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुष्ठरोगलाई लुकाउँदा समस्या, अपांगता बढ्दै

काठमाडौँ  । पर्सा ठोरीका ५६ वर्षीय शिवराज अधिकारी २० वर्षदेखि कुष्ठरोगसँग लड्दै आइरहेका छन् । २० वर्षअघि उनको दाहिने खुट्टाको औंलामा लाटो फुस्रो दाग आएको थियो । तर, त्यसलाई बास्तै गरेनन् । उपचारका लागि अस्पताल पनि  गएनन् । खुट्टाको औंलामा दाग देखिने,  फोका निस्किने, फोकाहरू फुटेर रगत बग्ने र घाउ हुने समस्या आउनुका साथै घुँडाभन्दा मुनिको भाग नचल्ने भयो । त्यस्तो समस्या आउने बित्तिकै आफन्तहरुले धामीझाक्रीकोमा लगे । करिब ६ महिनासम्म धामी झाक्रीकोमा उपचार गर्दा पनि ठिक भएन । उनी गत बैशाखमा उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल गए । त्यहाँ चिकित्सकले कुष्ठरोग भएकोले उपचार हुन नसक्ने भन्दै  ललितपुर आनन्द वन अस्पतालमा जान सुझाए । 
शिवराजलाई पत्नी सुनिताले ललितपुरको आनन्द वन अस्पतालमा  लिएर आइन् । त्यहाँ चेक जाँच गर्दा चिकित्सकले घुँडाभन्दा मुनिको भाग काम नलाग्ने भएकोेले  काट्नुपर्ने बताए । अहिले दायाँ खुट्टा घुँडाभन्दा तल काटिएको छ । हाल उनी नक्कली खुट्टाको सहारामा हिंडिरहेका छन् । “समयमै उपचारका लागि अस्पताल गएको भए, एउटा खुट्टा गुमाउनु पर्दैन  थियो ।” उनी भन्छन् “ शरीरमा  समस्या आउने वित्तिकै तुरुन्तै अस्पताल जानुपर्ने रहेछ । धामी झाक्रीमा होइन ।” उनी हाल खोकनास्थित कुष्ठरोग पुनस्र्थापना केन्द्रमा  बसिरहेका छन् । 
...
दोलखाका ६० वर्षीय हरिलाल महत कुष्ठरोगका बिरामी हुन् । उनलाई कुष्ठरोगले १० वर्षदेखि शारीरिक रूपमा अपांग  बनाइदिएको छ । करिब ३२ बर्षको उमेरमा बैदेशिक रोजगारीमा हरिलाल भारत गएका थिए । त्यहीं काम गर्दा नै उनको बायाँ खुट्टामा लाटोफुस्रो दाग देखियो ।“दाग देखिएको करिब १८ वर्षसम्म वास्ता गरिएन । तर, विस्तारै दाग बढ्दै गयो ।”उनी भन्छन् “अस्पतालमा जानुभन्दा धामी झाँक्रीकोमा जाँदा निको होला भनेर गइयो तर निको भएन  । समयमै उपचारका लागि अस्पताल गएको भए एउटा खुट्टा गुमाउनु पर्दैनथ्यो । ” उनको बायाँ खुट्टा काटिएको छ । हाल उनी ललितपुरको आनन्द वन अस्पतालमा भर्ना भएर उपचारत छन् ।

कुष्ठरोगको उपचार हुने ललितपुरको आनन्द वन अस्पतालमा दैनिक कुष्ठरोगकै कारण मानिसहरु अंगभंग भएर भर्ना हुने गरेको अस्पतालले जनाएको छ ।

समयमै उपचार नगर्दा कुष्ठरोगका कारण अपांगता बढ्दै गएको स्वास्थ्य सेवा विभागका कुष्ठरोग विशेषज्ञ डा. रवीन्द्र बाँस्कोटा बताउँछन् । “सामान्य लक्षणहरु देखिने वित्तिकै उपचार गरेमा यो रोग पूर्ण रूपमा ठीक हुन्छ, तर यो रोगका विरामीहरु वर्षौंसम्म उपचार नगरी बस्दा  अपांग हुने गरेका छन् ।” 

कुष्ठरोग लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने सरुवा रोग हो । त्यसले छाला र स्नायुमा असर गर्दछ । शरीरमा  फुस्रो दाग आउने अनि नदुख्ने हुँदा बिरामीले बेवास्ता गर्छन् । पोलेको, छोएको तथा संक्रमण भएको केही पनि थाहा हुदैन  । 

संक्रमणका कारण औंलाहरू झरेर जानुका साथै  अंगभंग हुने गरेको छ ।  यसलाई सरुवा रोगको रुपमा चिन्ने गरिएपनि  यो रोग सर्ने सम्भावना निकै कम रहने कुष्ठरोग विशेषज्ञ डा.बास्कोटा बताउँछन् ।

त्यसैगरी, कुष्ठरोगको औषधी नि.शुल्क सरकारी अस्पताल  तथा स्वास्थ्य संस्थाबाट उपलब्ध छ । तर पनि विरामीहरु खुलेर उपचारका लागि जान सकेका छैनन् । सरकारले कुष्ठरोगको कारण अगंभंग भएकाहरुको शल्यक्रियासमेत नि.शुल्क गर्ने व्यवस्था गरेको छ । २०७४ सालको तथ्यांक अनुसार ३ हजार ५४ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् । 

नेपालबाट कुष्ठरोग उन्मूलन भएको आठ वर्ष भइसक्यो । तर समाजमा यो रोगलाई पूर्वजन्मको पाप भनेर गरिने विभेदका कारण बिरामीहरु खुलेर उपचारका लागि जान सकेका छैनन् । कुष्ठरोग केन्द्रका अधिकृत महेश पुरी चेतनाको अभावका कारण बिरामीले औषधी उपचारमा विश्वास नगर्ने र लुकेर बस्ने गरेको बताउँछन् । उनले भने “यो रोग सजिलै पत्ता लाग्दैन ।” २०५८ सालको जनगणना अनुसार नेपालमा करिब ५ लाख मानिसमा  अपागंता देखिएको छ ।  त्यसमा   कुष्ठरोगकै कारण अपागंता हुने दर २ प्रतिशत रहेको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  ०६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro