site stats
बाह्रखरी :: Baahrakhari
देश
जनवरी १ मा छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अपिल

काठमाडौं । जनवरी १ मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अपिल गरिएको छ ।  विगत ५ वर्षदेखि मनाउदै आईरहेको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन नेपाली र नेपालीमूलका नागरिकहरुलाई आह्वान गरिएको हो । 

यस अभियानलाई थप  व्यवस्थित, व्यापक र संस्थागत बनाउने उदेश्यले अभियन्ताद्वय डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले नेपाली टोपी प्रतिष्ठान नामक  गैर सरकारी, गैर नाफामुलक संस्था गठन गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसै सन्दर्भमा नेपालीले बसोबास गर्दै आएका विश्वका हरेक मुलुकमा नेपाली टोपी अन्तर्राष्ट्रिय प्रतिष्ठान शाखाको  स्थापना गर्ने क्रममा ३९ मुलुकहरुमा नेपाली टोपी प्रतिष्ठान शाखा गठन भएको प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिएका छन् ।

उनले निकट भविष्यमा नै विश्वका ७५ मुलुकमा नेपाली टोपी प्रतिष्ठानको स्थापना गर्न आफ्नो प्रयास रहेको कुरा बताए ।
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १८:२२
प्रतिक्रिया दिनुहोस्