site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले भन्यो– हामीले सरकार छाडेयता मुलुकको व्यापार घाटा ४१ प्रतिशतले बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्व छाडेयता मुलुकको व्यापार घाटा ४१ दशमलव २ प्रतिशतले बढेर कूल गार्हस्थ उत्पादन (जीडीपी) को एक तिहाइ पुगेको तथ्य सार्वजनिक गरेको छ । 

कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा २०७४ जेठ २४ देखि फागुन ३ गतेसम्म सरकार हाँकेको थियो । त्यसपछि नेकपा अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् । कांग्रेसले सरकार छाडेको १० महिनामा मुलुकको व्यापार घाटा उक्त परिमाणले घटेको सहमहामन्त्री प्रकाशशरण महतले महासमिति बैठकका पेस गरेको ‘नेपाल कांग्रेसको आर्थिक नीति प्रस्ताव’ मा उल्लेख छ ।

“२०७४ माघ अन्तिममा देउवा सरकारको बहिर्गमन हुँदा राष्ट्रिय ढुकुटीमा १० अर्ब अमेरिकी डलरबराबरको विदेशी मुद्रा सञ्चिति, अन्य कोष र स्थानीय तहका लागि छुट्ट्याइएको १ खर्ब ६ अर्बसहित २ खर्ब ५७ अर्ब रुपैयाँ सकारको नगद बचत थियो,” सहमहामन्त्री महतले भने, “अहिले आयात पनि दोब्बभन्दा धेरै ४३ दशमलव ६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष पहिलो त्रैमासिकमा ३ खर्ब ४९ अर्ब ४८ करोडको वस्तु आयात भएको छ । निर्यात–आयात अनुपात ६ दशमलव ४ प्रतिशतमा झरेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसको आर्थिक नीति प्रस्तावअनुसार २०७५ असारमसान्तमा १० अर्ब ८ करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति असोजमसान्तमा आइपुग्दा ९ अर्ब ८३ करोडमा झरेको छ । त्यसबाहेक लामो समयदेखि यात्राका लागि दिइने विदेशी मुद्रा सटही सुविधामा ४० प्रतिशतले कटौती गरिएको छ । गत वर्ष भदौमा १ हजार ५ सय ३० र माघमा १ हजार ३ सय ८० रहेको नेप्से परिसूचक हाल १ हजार २ सय हाराहारी वरिपरि छ । 

“चालू खाता र शोधनान्तर सन्तुलन नराम्ररी खस्केको छ भने प्रत्यक्ष वैदेशिक लगानी तीन चौथाइले घटेको छ,” महतले भने, “आन्तरिक निजी लगानी पनि बढ्न सकेको छैन । कम्युनिस्ट सरकारमाथिको अविश्वासका कारण पुँजी पलायन तीव्र भएको अनुमान छ । समयमै बजेट प्रस्तुत हुँदा पनि पुँजीगत खर्च पहिलो चौमासिकमा विनियोजनको ५ प्रतिशत नाघ्न सकेन ।”

Global Ime bank

उनका अनुसार विश्व बैंकले हालै सार्वजनिक गरेको ‘डुइङ बिजनेस प्रतिवेदन २०१९’ का अनुसार नेपालको व्यावसायिक वातावरणको विश्व वरियता गत वर्षभन्दा पाँच स्थान तल झरेको छ ।

“लगानीको माहोल बन्न नसकेको अवस्थामा मूल्य वृद्धि लगायत नकारात्मक तथ्यांकलार्य दबाउने र आर्थिक वृद्धि दर भने ८ प्रतिशत हासिल हुने हौवा पिटाउन वर्तमान सरकार लिप्ट हुँदा यसबाट विश्व वरियतामा ठूलो ह्रास आएको छ,” सहमहामन्त्री महतले भने ।

त्यसैगरी निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आवश्यकताभन्दा बढी रुख कटानको प्रस्तावलगायत विवादास्पद प्रस्ताव अगाडि सारेर ठूला आयोजनालाई विवादित बनाइएको कांग्रेसको भनाइ छ । हाल भारतबाट आयातित ४ सय मेगावात बिजुलीमा निर्भर रहनुपर्ने र प्रशारण लाइन निर्माण नभएका कारण आगामी तीन वर्षभित्र उत्पादन हुने करिब १ हजार २ सय मेगावात बिजुली खेर जाने महतले दाबी गरे ।

“निर्वाचनअघि नेपाल कम्युनिस्ट पार्टीको आर्थिक चरित्रबारे कांग्रेसले गरेको ठहर यथार्थमा सत्य साबित हुँदै छ र नेकपा सुनियोजित तरिकाले संस्थागत भ्रष्टाचारलार्य संरक्षण गर्ने पार्टी हो भन्ने स्थापित हुँँदै छ,” महतले भने, “नेकपाले पार्टीमा लेबी बुझाउने सक्रिय नेता र कार्यकर्तालाई अस्पताल–मेडिकल कलेज, एनजीओ, सहकारी संस्था, उद्योग, जलविद्युत कम्पनी, आवास र बैंकिङ क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेमात्र नभई उनीहरूको लगानीलाई मात्र संरक्षण गर्ने नीति अवलम्बन गरेको छ ।”
“यस्ता गतिविधिले नेकपालाई गैरराजनीतिक चरित्रको नाफामुखी व्यावसायिक घरानामा रूपान्तरित गर्दै लगेको छ,” महतले थपे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय