site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिश 
Argakhachi Cement Island Ad

काठमाडौं । संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणालाई सिफारिश गरेको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषदको बैठक यस्तो निर्णय गरेको हो । यसअघि न्यायपरिषदको बैठकले प्रधानन्यायाधीशमा राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।

जोशीलाई यसअघि नै संसदीय समितिले अस्वीकृत गरिसकेकाले राणालाई संवैधानिक परिषदले सिफारिस गरेको हो ।

संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम प्रधानन्यायाधिशमा सिफारिस गरेको हो । प्रधानन्यायाधिशमा जबराको नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ११:५८
प्रतिक्रिया दिनुहोस्