site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे ८ करोडको सीटी स्क्यान मेशिन वीरमा अझै अलपत्र

काठमाडौ । वीर अस्पतालले १ सय २८ स्लाइसको सीटी स्क्यान मेशिन ६ महिना वित्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन । अस्पताल प्रशासनले सो मेशिन विद्युत भोल्टेज र ठाउँको अभाव भएको भन्दै ६ महिना वित्दा पनि सञ्चालनमा ल्याउन नसकेको हो । उक्त मेशिन ८ करोड ४८ लाख रुपैंयामा खरिद गरेर भारतको हस्पिटेक ईन्टप्राईजेज प्रालिबाट ल्याइएको हो । हाल अस्पतालमा १६ स्लाइसको मेसिन सञ्चालनमा आइरहेको छ । 

अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले मेशिनको लागि  टेन्डर आव्हान गरेको ८वर्षपछि मेसिन आए पनि सञ्चालनमा ल्याउन नसकिएको बताए । “ राख्ने स्थान तयार भएपनि अस्पतालमा रहेको ट्रान्सफर्मर विग्रेपछि सो मेशिन सञ्चालनमा ल्याउन समस्या भएको हो । ट्रमामा खालि रहेको ट्रान्सफर्मर जडान गरेर अबको एक महिनासम्ममा सञ्चालनमा ल्याउने तयारी छ ”उनले भने ।

१ सय २८ स्लाइसको सिटी स्क्यान मेशिन सञ्चालनमा आउने वित्तिकै कुनै पनि विरामीले पालो कुर्नु नपर्ने डा. बस्नेत बताउँछन् । अस्पतालमा दैनिक सीटी स्क्यान गर्नुपर्ने विरामीहरु ६०देखि ७०जनासम्म आउने अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा बताउँछन् ।“अहिले अस्पतालमा सञ्चालनमा आएको १६ स्लाइसको मेशिनले दैनिक २५देखि ३५ जनासम्म मात्र सीटी स्क्यान गर्न मिल्छ,” उनले भने “पुरानो मेशिनबाट उपचारका लागि आएका सबै विरामीलाई सेवा दिन सकिएको छैन । उपचारका लागि आएका विरामीहरुले १० दिनसम्म पालो कुरेर बस्नु्पर्ने बाध्यता छ ।”

अस्पतालका कर्मचारी अरुण महतोका अनुसार सीटी स्क्यान राख्ने ठाउँको  अभाव रहँदै आएकोमा अहिले अर्थोपेडिक ओपिडीलाई ट्रमा सेन्टरमा सारेर सो स्थानमा सिटी स्क्यान मेशिन राख्ने स्थान बनाइएको हो । उनका अनुसार  अस्पतालमा सो मेशिन सञ्चालनका लागि  आवश्यक विद्युत भोल्टेज नहुँदा  समस्या भएको हो । ट्रमा सेन्टरमा एक ट्रान्सफर्मर सञ्चालनमा नआएको र त्यसैलाई  प्रयोगमा ल्याएर अबको एक महिनामा मेशिन सञ्चालनमा आउन सक्नेछ ।

अस्पतालको सीटी स्क्यान सञ्चालनमा आउने वित्तिकै अन्य निजी अस्पताल मार्फत कमिसन नआउने भएपछि तत्कालै जडान नगरिएको अस्पताल स्रोत बताउँछ । 

अहिले सञ्चालनमा आएको सीटी स्क्यान मेशिनले राम्रो काम नगर्दा बिरामीहरु महँगो शुल्कमा निजी अस्पतालमा जानुपर्ने बाध्यता छ ।  उक्त मेशिन खरिदका लागि २०६७ साल चैत महिनामा टेन्डर आव्हान गरिएको थियो । टेन्डर आव्हान गरिएको  ८ वर्षपछि मात्र सो मेशिन हस्पिटेक ईन्टप्राईजेज प्रालिले बीर अस्पतालमा पठाएको हो। 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro