site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भारतको नोटबन्दीले नेपालमा सुन तस्करी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विमानस्थल हुँदै अवैधरूपमा ल्याइएको ३४ किलो सुनको अनुसन्धान नसकिँदै शनिबार बिहान रसुवा नाकाबाट एउटा टाटा सुमोमा ल्याइएको १५ किलो सुन बरामद भएको छ भने चालक पक्राउ परेका छन् ।

गोसाईकुण्ड यातायात व्यवसायी समितिको ना १ ज ४९६४ नम्बरको टाटा सुमो गाडीको इन्जिनको ब्याट्री राख्ने भागमा डिब्बाभित्र १५ किलो सुन लुकाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

नेपालमा किन सुन तस्करी यसरी किन भइरहेको छ त ? आजका सबैजसो पत्रिकाका मुख्य समाचार यही सुन तस्करी सम्बन्धमा नै रहेको छ भने आजका सबैजसो पत्रिकाले न्याय परिषद्ले उच्च न्यायालयका लागि सिफारिस गरेका न्यायाधीशका सम्बन्धमा सम्पादकीय लेखेका छन्  । 

Prabhu Bank
Agni Group
NIC Asia

आजको अन्नपूर्ण पोष्ट दैनिकमा मेनुका कार्कीले लेखेको समाचारअनुसार भारत सरकारले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेसँगै नेपालमा तस्करी बढेकको हो ।

नगद राख्दा जोखिम बढेपछि भारतीय नागरिकहरूले पछिल्लो समय सुनमै लगानी गर्न थालेका छन् । सोही कारण भारतीय बजारमा सुनको माग बढ्न थालेपछि नेपाल हुँदै त्यहाँ सुनको तस्करी हुन थालेको हो  ।

Global Ime bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी नवराज सिलवालले पनि भारतमा सुन पठाउन नेपालमा तस्कर सल्बलाउन थालेको बताए । उनका अनुसार भारतीय बजारमा सुनको माग बढी रहेको छ ।

यही समाचारलाई आजको नयाँ पत्रिका दैनिकले ‘कहाँ जान्छ यति धेरै सुन ?’ शीर्षकमा पहिलो पृष्ठमा बक्स समाचार प्रकाशित गरेको छ । नवराज मैनाली र कृष्ण रिजालले लेखेको समाचारमा चार महिनामा नेपालमा आठ अर्बको सुन वैधानिकरूपमा आयात भएको तर त्यसभन्दा धेरै तस्करीबाट भित्रिएको उल्लेख गरिएको छ ।

आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेको समाचार पनि मुख्य समाचारका रूपमा प्रकाशित छ । बोक्ने समातिने र मालिक हराउने गरेको समाचारमा उल्लेख गरिएको छ । कान्तिपुरको समाचारअनुसार तीन सातामा ५६ किलो सुन बरामद भएको छ ।

आजको नागरिक दैनिकमा दीपक खरेलले लेखेको समाचार पनि पहिलो पृष्ठमै प्रकाशित छ । ‘पहेँलो ‘माल’को कालो कारोबार’ शीर्षकमा समाचार प्रकाशित गरिएको छ । 

राजधानी दैनिकले पनि यही समाचारलाई पहिलो पृष्ठमै प्रकाशित गरेको छ । आजको गोरखापत्र दैनिकले पनि यो समाचारलाई पहिलो पृष्ठमै प्रकाशित गरेको छ ।

रेडक्रसमाथि छानबिन हुँदै 
समाजकल्याण परिषद्ले भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनाका लागि जम्मा भएको करोडौँ रुपियाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने भएको आजको नागरिक दैनिकमा खबर प्रकाशित छ ।

रेडक्रसले काम गरेको क्षेत्रमा पीडित छाप्रोमै बस्न बाध्य भएको तर रेडक्रसले विभिन्न दाताले पुनस्र्थापना गतिविधि सञ्चालनका लागि दिएको २४ करोड ५० लाख रुपैयाँ पदाधिकारी र कर्मचारीको तलब भत्ता, विदेश भ्रमण तथा कार, मोटरसाइकल, स्कुटर कम्प्युटर, ल्यापटप, पेन ड्राइभ आदि खरिदमै खर्चिएको सार्वजनिक भएको छ ।

शीतल निवासमा बिहेको चटारो 
राष्ट्रपति भवन शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निसाकुसुमको विवाहको तयारी सकिएको छ ।

उनको विवाहको लगन सोमबारलाई जुराइएको आजको कान्तिपुर दैनिकमा बालकृष्ण बस्नेतले लेखेको समाचारमा उल्लेख छ ।
निसाकुसुमको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका भतिजा अभिषेकसँग विवाह हुन लागेको हो ।

सम्पादकीय 
‘न्यायाधीश नियुक्ति पुनर्विचार गर’ आजको राजधानी दैनिकले सम्पादकीय लेख्दै भनेको छ – परिषद्को निर्णयले कानुनी शासन र न्यायिक सर्वोच्चताको उपहासमात्र गरेको छैन, झ्यालबाट छिर्दै आएको राजनीतिक हस्तक्षेपलाई ढोकाबाट फूलमालासहित भित्र्याइएको छ ।’

‘न्यायालयमा राजनीतिक छाया’ कान्तिपुर दैनिकको सम्पादकीय शीर्षक रहेको छ । ‘कार्यसम्पादन प्रक्रियामा परिपक्वताका लागि पनि अनुभवबाट खारिएकालाई प्राथमिकता दिनुपर्ने हो तर यस सबालमा न्याय परिषद्को कमजोरी देखियो,’ सम्पादकीयमा भनिएको छ ।

‘स्थायी सत्ताका लागि संघर्ष’ शीर्षकमा आजको नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ । ‘न्यायाधीश नियुक्ति सिफारिस विवादका पछाडि न्यायाधीश हुन योग्य मानिस परे कि परेनन् भन्ने अर्थले होइन, स्थायी सत्ताका संरचनामा कसले नियन्त्रण राख्छ भन्ने अर्थले महत्व राखेको देखिन्छ ।’

‘भागबन्डाको भद्रगोल’ शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेखेको छ । न्याय परिषदले सिफारिस गरेका ८० न्यायाधीशकै विषयमा नागरिकले सम्पादकीय लेखेको छ ।
अन्नपूर्ण पोष्टले पनि ‘छटपटाउँदो न्यायालय’ शीर्षकमा सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७३  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय