site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सिड्नीका सात बसन्त
Sarbottam CementSarbottam Cement

प्रिय सिड्नी !

धेरै–धेरै सम्झनाका साथै अथाह माया । समयको छाल कति छिटो बग्दो रहेछ । तिमीलाई छोडेर आएको पनि एक वर्षभन्दा बढी भएछ । तर, आएदेखि एकपल खुसी छैन म । हुन त तिमीसँग हुँदा पनि सुखको अनुभूति गर्न पाएकी थिइनँ मैले । तर पनि किनकिन तिम्रो साह्रै माया लाग्छ । ‘जति टाढा, माया उति गाढा’ भनेझैँ तिम्रो लागि मेरो माया झन्–झन् गाढा हुँदैछ । तिम्रा यादहरू मेरा मानसपटलमा अझै जीवित छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मैले ७ बसन्त बिताएँ तिमीसँग । त्यति लामो तिम्रो साथमा धेरै तीतामीठा याद सँगालें । थोरै खुसी अनि धेरै दुःखका साथ बिते तिमीसँगका दिन, रात । तिमीलाई मेरो सर्वस्व दिएँ । मेरो खुसी, मेरो समय, मेरो बल, मेरो श्रम सबै । बदलामा मैले पाएँ– अनिँदा रात, आँखा वरिपरिका काला घेरा, भोको पेट र रित्तो खल्ती ।
तिमीलाई याद छ ? म कति धेरै सपना सँगालेर तिम्रो अँगालोमा बेरिन आएकी थिएँ । तिमीले नचाहँदा नचाहँदै मैले जीवनको अमूल्य समय तिम्रै लागि सुम्पिएँ । तिमीले धेरैलाई साथ दियौ तर तिम्रो दिलमा मेरो लागि कुनै ठाउँ बनेन ।

तिमीलाई भेटेपछि मात्र मलाई महसुस भयो कि भाग्य र समयले सबैलाई साथ दिँदैन रहेछ । मैले भाग्यभन्दा बढी कर्ममा विश्वास गरेँ । तर, भाग्यमै नभएपछि जति कर्म गरे पनि फल पाउन गाह्रो हुँदो रहेछ । सुरुका दिनहरूमा तिमीलाई भेट्न पाउँदा छुट्टै आनन्द आउँथ्यो मलाई । मेरो कल्पनाको संसार थियौ तिमी । तिमीकहाँ आएर रुपैयाँलाई ‘डलर’ भन्न सिकेकी थिएँ मैले । केही सामान किनेर इच्छा पूर्ति गर्नुभन्दा पहिले हजारपटक सोच्नु पथ्र्यो । अनि रुपैयाँलाई डलरमा परिणत गर्ने बानीले गर्दा हरेक सामानको मूल्य सुन्दा दाँतबाट चिटचिट पसिना आउँथ्यो प्रिय ।

Global Ime bank

तिम्रो सामिप्यमा हुनु आधा रहर र आधा बाध्यता थियो मेरो । तिम्रो साथमा संघर्षका साथै अनगिन्ती कुरा सिक्ने मौका पाएँ मैले । पहिला–पहिला लड्दा कसैको सहाराबिना नउठ्ने मलाई तिमीले सम्हालिएर हिँड्न सिकाएका थियौ । घरमा एउटा सिन्का पनि नभाँच्ने मलाई तिमीले चौबीस घण्टामा १० घण्टा मेसिनझैं खट्न सिकायौ । कहिलेकाहीँ निन्द्रा झुलाउँदा पनि चिसो हावासँगै ट्रेनको प्रतीक्षामा बस्नुपथ्र्यो । चकमन्न रातमा अँध्यारोलाई छिचोल्दै हिँड्थें म । अनि त्यही अन्धकारमा बाटो बिराएर रुमलिन्थेँ म ।

के गर्नु प्रिय ! एकातिर तिम्रो माया थियो, अर्कोतिर यो पेट, जसका लागि मैले न रात भन्न पाउँथे, न निन्द्रा नै । म सानातिना काँडाले नबिझ्ने भइसकेकी थिएँ । म काँडाबिनाको फूलले सजिएको भविष्य निर्माण गर्न तिमीकहाँ आइपुगेकी थिएँ । तर, तिम्रो साथमा मैले फूलको सुवासभन्दा काँडाको घोचाइ बढी सहें ।
तिमीबाट मैले जिन्दगी बाँच्न अनि हाँसो र खुसी साच्न सिकेँ । कहिलेकाहीँ अभावको दलदलमा नराम्रोसँग भासिँदा आमाको हातले पकाएको भात सम्झेर मेरो मन भक्कानिएको छ । कहिले आर्थिक अभावले त कहिले समयको अभावले म धेरैपटक खाली पेट दौडिएकी छु । एकपछि अर्को संकटले क्रमशः घेरिरहेका हुन्थे । मेरो तिमीबाहेक कोही पनि थिएन । बिरानो मुलुकमा एक्लै हुँदा पनि मैले कहिल्यै हरेश खाइनँ किनकी मलाई विश्वास थियो– एकदिन म सफल हुनेछु अनि तिम्रो लायक बन्नेछु । म समस्यासँग लडिरहेँ केबल तिम्रो लायक बन्न अनि तिमीसँग खुसीसाथ बस्न । तिमीसँगै बस्नका लागि मैले मेरो परिवारको विरुद्धमा कदम चलाएँ । कसैको उपदेश नसुनी तिम्रो साथमा रहन तत्पर भएँ । तिमीसँगको भविष्य उज्ज्वल देखेकी थिएँ मैले । तिम्रो संस्कार, संस्कृति, भाषा केही पनि मसँग मेल खाँदैनथ्यो । सकीनसकी तिम्रो संस्कारमा भिज्ने जमर्को गरेँ । तिम्रो रहनसहन आफूले अँगाल्नु भनेको मेरो लागि ठूलो चुनौती थियो । मैले त्यो चुनौतीको पनि सामना गरेँ ।

मैले धेरै कोसिस गर्दा पनि तिमीसँग जीवन बिताउन असमर्थ भएँ । तिमीलाई छोडेर फर्किनै प¥यो । आशा गर्छु, मैलेझैं अरुले तिमीलाई छाडेर फर्किन नपरोस् । फर्काउनै परे बलियो र आत्मविश्वासी बनाएर पठाउनै । तिम्रो साथमा आएर कसैले पीडा नभोगोस् । विदेशमा डलरको बोट हुन्छ भन्ने मानसिकतालाई तिमीले सबैको मस्तिष्कबाट हटाउनू । डलर कमाउन जिन्दगीका कैयौँ ‘कलर’हरू फेर्नुपर्छ भन्ने चेतना जगाउनू । तिमीले दिएको उपहारस्वरुप अलिकति साहस र आत्मविश्वास छ मसँग । त्यही दुई उपहारले म यहाँ तिमीबिना रमाउने प्रयास गर्दैछु ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७३  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय