site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पासपोर्ट लिन कति हतारो ! कतिले लिन्छन् १५ हजार तिरेर एक दिनमै पासपोर्ट ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मोरङ महादेवका राकेश दासले बिहीबार बिहान राहदानी विभागबाट फारम भरे । एकै दिनमा पासपोर्ट बनाउन हतारिएका उनले १५ हजार रुपैयाँ तिरेर फारम भरेका हुन् । एक बजेसम्म फारम लिने विभागले ३ बजेदेखि पासपोर्र्ट बाँड्छ । उनले ३ बजेतिरै पासपोर्ट पाए । 
राकेशले किन एकै दिनमा पासपोर्ट बनाए त ?  
उनले जवाफ दिए, “मलाई साथीहरुसँगै मलेसिया जानुछ । त्यही भएर मलाई आज नै पासपोर्ट चाहिएको हो ।” 
राकेशका समकक्षी पाँच जना युवाले मोरङबाटै करिब एक महिना लगाएर पासपोर्ट बनाएका थिए । मलेसियाको मोबाइल कम्पनीमा काम गर्न जाने बताउने उनलाई सत्य नामका एजेन्टले एक दिनमै पासपोर्ट बनाउन लगाएका हुन् । 
“अहिले राम्रो कम्पनीको भिसा आएको छ रे । कुन मेनपावरबाट भन्ने थाहा छैन । मलेसियाको १ हजार ३ सय रिंगेट तलब हुन्छ भनेका छन् । १ लाख २६ हजार एजेन्टलाई बुझाएर हामी ६ जना मलेसिया जान लागेका हौं,” उमेर १८ वर्ष बताउने उनले भने । राकेश कक्षा १० मा पढ्दै गरेका विद्यार्थी हुन् । 
हतारो सबैको फरक–फरक होला तर दैनिक १० हजारदेखि १५ हजारसम्म दस्तुर तिरेर सयभन्दा बढीले पासपोर्ट बनाउँदै आएका छन् । आफ्नो आकस्मिकता र आवश्यकता अनुसार पासपोर्ट बनाउने सुविधाले सेवाग्राहीलाई राहत मिलेको विभागको भनाइ छ । 
सरकारले १५ हजार रुपैयाँ दस्तुर तिरेर एक दिनमै पासपोर्ट पाउने व्यवस्था गरेको छ । अत्यन्त जरुरी पर्ने व्यक्तिले बिहान फारम बुझाए दिउँसो ३ बजेपछि पासपोर्ट पाइहाल्छ । 
त्यसैगरी १२ हजार रुपैयाँ तिरेर दुई दिनमा र १० हजार तिरेर तीन दिनमा पासपोर्ट व्यक्तिको हातमा पर्छ । त्यसरी १५ हजार रुपैयाँ तिरेरै ५० जनाले दैनिक पासपोर्ट लिँदै आएका छन् । त्यसैगरी १२ हजार तिरेर दैनिक ५० जनाकै हाराहारीमा पासपोर्ट वितरण हुँदै आएको राहदानी विभागका निर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए । त्यसैगरी ३ दिनमा पासपोर्ट लिनेको संख्या पनि उत्तिकै संख्यामा छ । 
अहिले हरेक जिल्लाबाट फारम भरेर पासपोर्ट पाइन्छ । सामान्यतया हतार नहुनेले १० दिनदेखि १ महिनाको समयमा पासपोर्ट जिल्लाबाटै पाउँछन् । त्यस्तै, विभिन्न देशमा रहेका नियोग र राजदूतावासबाट पनि ५ हजार रुपैयाँ दस्तुरमा ४५ दिनदेखि दुई महिनाको अवधिमा पासपोर्ट उपलब्ध हुन्छ । यसरी जिल्ला र विदेशमा रहेका नियोगमार्फत पासपोर्ट लिनेको संख्या दैनिक २ हजार ५ सय छ । तर, हतार हुनेले जिल्लाबाट सिफारिस ल्याएर राहदानी विभागबाटै पासपोर्ट लिन सक्ने निर्देशक पौडेलले जानकारी दिए ।  
विभागले अनलाइन, मोबाइल एपबाटै फारम भरेर पनि पासपोर्ट लिनसकिने सुविधा दिएको छ ।
यो पनि

पासपोर्ट आवेदन अब मोबाइलबाटै  ! कसरी भर्ने फारम? 

http://baahrakhari.com/news-details/14320/2017-01-03

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय