site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
साउदीमा काम गरेको पैसा माग्दा नेपाली कामदार कम्पनीबाट निकालिए, कोठाबाट पनि लखेटिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीस्थित रोयल हिमचुली म्यानपावरबाट साउदी अरब पुगेका कैलालीका टेकराज देउपा लगायतका दुई नेपालीलाई कम्पनी र कोठाबाट निकालिदिएपछि उनीहरूको रुवाबासी भएको छ । 

नेपाली साझा मञ्चका पदाधिकारी गोविन्द चौहानका अनुसार उनीहरू रोइकराई गर्दै शरण खोज्दै हिँडिरहेका छन् । बुधबारमात्र तीन महिनादेखि तलब नपाएको गुनासो गरिरहेका उनलाई बिहीबार कम्पनीले बोलाएर कामबाट र कोठाबाटै बस्न नपाउने गरी निकालिदिएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

टेकराजसहित बंगलादेश हुँदै साउदी पुगेका २८ जना मध्ये १२ जनालाई बुधबारै घरफिर्ता गरिएको थियो । बाँकी रहेका मध्ये ४ जना नेपाली बसेकामा आजै (बिहीबार) टेकराजसहित दुई जनालाई कम्पनीले निकालिदिएको हो ।

साउदी अरबको नजरानस्थित मोहमद सालेह अलमेरी कम्पनीमा पुगेका देउपासहितका नेपालीहरूको साउदीमा बिचल्ली भएको छ ।
रोजगारदाता कम्पनीले अलपत्र परेकालाई भोकभोकै मार्ने धम्की दिँदै आएको साउदीबाट टेकराज देउपाले बुधबार मात्रै बाह्रखरीसँगको कुराकानीमा बताएका थिए । 
बिहीबार उनीहरूलाई कम्पनीमा बोलाएर ‘निकालिएको’ जानकारी दिइएको थियो ।
देउपाले भने, “परिवारलाई पनि वैदेशिक रोजगार विभागमा उजुरी गर्न पठाएको थिएँ, म्यानपावरमा पनि पठाएको थिएँ, म्यानपावरले त थर्काएर पठाएछ, विभागले के गर्दैछ, थाहा छैन ।”
देउपाले अर्काको देशमा आफ्नो कुनै जोर नचलेको बताए । साउदी अरबस्थित नेपाली साझा मञ्चले पीडितको कुरा बुझ्ने काम गरिरहेको छ । 
तस्विरः टेकराज देउवासँगै साउदी अरबमा अलपत्र परेका नेपालीहरु, देउपाको फेसबुकबाट
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय