site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
केरुङ नाकामा समस्यै–समस्या, रसुवाका बाहेक अरु चालक चीन छिर्नै पाउँदैनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । महाभूकम्पका कारण चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी बन्द भएपछि सरकारले वैकल्पिक नाकाको रूपमा केरुङलाई सञ्चालनमा ल्याए पनि केरुङमा व्यवस्थापकीय तथा भौगोलिक समस्या रहेको व्यवसायीहरूले बताएका छन् । तातोपानी नाका नै सञ्चालनमा ल्याउनुपर्नेमा उनीहरूको जोड छ । 

रसुवाबाहेक अन्य जिल्लाका नेपाली चालकलाई केरुङ पस्ने अनुमति नहुँदा समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् । चिसोको कारण बाह्रै महिना सामान आयात गर्न पनि कठिन छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बाटोमा हिउँ जमेर गाडी चलाउन नसकिने तथा कमजोर भौतिक पूर्वाधारका कारणसमेत समयमै सामान जाँचचेक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । 
व्यवसायी आफैँ जान नपाउँदा सामान चोरी हुने, सामानको सुरक्षा नहुने र ड्यामेज हुने गरेको छ । रसुवाबाहेक अन्य जिल्लाका चालक चीन छिर्न नपाउने व्यवस्थाले चालक अभावको पनि समस्या छ ।

त्यस्तै, चेक गरेर समान ल्याउन नपाउँदा अर्डर गरिएभन्दा फरक सामान पर्ने तथा नक्कली सामान आयात हुनेजस्ता कठिनाइ व्यवसायीले भोग्दै आएका छन् । 
‘‘अर्डरभन्दा फरक सामान पर्ने, सामान हराउने, टुटफुट हुने, पानीले भिज्नेजस्ता समस्याबाट आजित छौं,” सीमा नाका समस्याबारे हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष कुमार कार्कीले भने, “रसुवाबाहेक अन्य जिल्लाका चालकले अनुमति नपाउँदा सामान हराउने र असुरक्षित महसुस गरेका छौं ।” सीमा नाकामा रहेको तत्कालीन समस्या समाधानको विकल्प बाह्य जिल्लाका नेपालीलाई प्रवेश दिनु भएको उनले बताए ।

Global Ime bank

‘‘तत्कालीन समाधान हल गर्दै दीर्घकालीन रूपमा चीनसँगको व्यापारिक नाका तातोपानी नै हो,” उनले भने, ‘‘छोटो दुरी र तुलनात्मक रूपमा राम्रो भौतिक अवस्थाका कारण तातोपानी नाकालाई तत्काल सञ्चालनमा ल्याउनुपर्छ ।” तातोपानीबाट आयात गर्दा सामान सस्तो पर्ने र बाह्रै महिना आयात गर्न सकिने कार्कीले बताए । 

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले व्यवसायीले भोग्दै आएको समस्या केन्द्रबाटै टुंग्याउनुपर्ने बताए । रसुवाबाहेक अन्य जिल्लाका नागरिकलाई चीनमा प्रवेश नदिइएको स्वीकार गर्दै उनले यो समस्याको समाधानका लागि पहल गरिरहेको जानकारी दिए । गत वर्ष असोज २८ देखि केरुङ नाका सञ्चालनमा आएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय