site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चल्न छाडे ‘पुरानो धार’का सिनेमा, मल्टिप्लेक्स हल पाउनै मुस्किल
Tiktok banner adTiktok banner ad

काठमाडौं । केही वर्ष यता ‘पुरानो धार’का सिनेमा प्रतिको आकर्षण कम हुँदै गएको छ । बलिउडबाट प्रभावित भएको भन्दै यस्ता सिनेमामा दर्शकले रुची राख्न छाडेका छन् । 
निर्माणको पुरानो फर्मुला भित्र बसेर तयार गरिने सिनेमा हेर्ने दर्शकको संख्या घट्दै गएको चलचित्र वितरकहरू नै बताउन थालेका छन् । 
“भारतीय सिनेमाबाट प्रभावित भएर बनाइने पुराना खालका सिनेमा विस्तारै चल्न छोडेका छन्,” चलचित्र वितरक गोपाल कायस्थ भन्छन्, “यस्ता चलचित्र निर्माण गर्दै आएका चलचित्रकर्मीले पनि सोच्नु पर्ने बेला आइसक्यो ।”
कायस्थका अनुसार यस्ता चलचित्रले मल्टिप्लेक्स हल नै पाउन छोडिसकेका छन् । अनुभवी तथा पुराना निर्माता÷निर्देशकले बनाएका चलचित्र समेत मल्टिप्लेक्समा चल्न छोडेको उनको भनाइ छ । 
“छविराज ओझा जस्तो अनुभवी निर्माताका चलचित्र समेत मल्टिपेक्समा लागेको भोलि पल्टै उत्रिन थाले,” कायस्थले भने, “मैले दुई हप्ता अगाडि उहाँलाई व्यक्तिगत रूपमा भेटेरै पनि भनें, अब पुरानो ढर्राको निर्माणले चलचित्र चल्दैन, नयाँ ढंगले सोच्नुस् । दर्शकको चाहना र मनोविज्ञानलाई बुझेर चलचित्र नबनाए अब चलचित्र चल्ने अवस्था छैन ।”
यता, छविराज भने यसलाई सतप्रतिशत स्वीकार्दैनन् । आफ्ना चलचित्रले अझै पनि औसत व्यापार गरिरहेको उनको दाबी छ । “७०÷८० लाख लगानी गरेको चलचित्रमा नाफा हुँदा पनिदुई–चार लाख हुने हो, घाटा हुँदा पनि एक–दुई लाख भएको छ,”ओझाले भने, “७०÷८० लाख लगानी गरेको बिजनेसमा एक–दुई लाख कम उठ्नुलाई म घाटा मान्दिनँ ।” 
आफ्ना चलचित्रले मल्टिप्लेक्स हल नपाएको भन्ने सत्य नभएको तर मल्टिप्लेक्समा कम व्यापार भने हुने गरेको उनी स्वीकार गर्छन् । “मल्टिप्लेक्स नै नपाएको भन्ने चाहिँ होइन । तर, लामो समय नटिकेको भने हो,” उनले भने “अष्टनारायण, गुण आदि हलमा पुगेर हेर्ने त्यही दर्शकले चलचित्र कस्तो छ भन्दा राम्रो छ भन्छन् । तर,मल्टिप्लेक्समा भने अपेक्षा गरे जस्तो भइरहेको छैन । यसले म पनि तनावमा छु ।”
‘पुरानो धार’ का चलचित्र निर्देशन गर्दै आएका अब्बल दर्जाका एक निर्देशक नाम उल्लेख नगर्ने सर्तमाआफू अब सूत्रमा बाँधिएर निर्माण हुने चलचित्र निर्देशन नगर्ने बताउँछन् । “अब करिअर जोगाउन पनि यस्ता खालका चलचित्र निर्देशन गर्ने कि नगर्ने भन्ने समय आइसकेको छ,” उनले भने, “निर्माताको हो भन्दा पनि कस्तो खालको कथा छ भन्ने कुरा प्रधान भएर आइसक्यो ।” निश्चल बस्नेतको ‘लुट’ निर्माणसँगै नेपाली चलचित्रमा फरक धारका चलचित्र दर्शकले रुचाउन थालेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७३  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro