site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुजाताविरुद्ध खनिए मिडिया !
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई सरकारले उपचारका लागि पचास लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको विषयलाई आजका दैनिक पत्रिकाले महत्वका साथ प्रकाशित गरेका छन् । स्वास्थ्य मन्त्री गगन थापाले यसरी पैसा दिने प्रथाको विरोध गर्दै पूर्व पदाधिकारीहरूलाई उपचार खर्च दिनै परे पन्ध्र लाख रुपैयाँसम्म सरकारले बेहोर्ने कार्यविधि मन्त्रिपरिषद्मा पेस गरेका भए पनि सो कार्यविधिमा कुनै छलफलै नगरी मन्त्री थापाको अनुपस्थितिमा गृहमन्त्री विमलेन्द्र निधिको प्रस्तावमा पचास लाख रुपैयाँ कोइरालालाई दिने निर्णय गरेको छ । 
नेपाली कांग्रेसकी नेतृलाई सहयोग दिने विषयमा भएको निर्णयको अन्नपूर्ण पोस्ट, राजधानी तथा नयाँ पत्रिकाले मुख्य समाचार बनाएका छन् भने हिमालय टाइम्सले दोस्रो मुख्य समाचार बनाएको छ । कान्तिपुर, कमाण्डर पोष्ट तथा गोरखापत्रले यो समाचारलाई प्रथम पृष्ठमा ठूलै स्थान दिएका छन् भने नागरिकले प्रथम पृष्ठमा सानो समाचार राखेर बाँकी समाचार पृष्ठ २ मा प्रकाशित गरेको छ ।
सबै पत्रिकाले यस समाचारलाई प्रथम पृष्ठमा स्थान दिए पनि नेपाली कांग्रेसकी नेतृ तथा उनीमार्फत् नेपाली कांग्रेसलाई हेर्ने सम्पादकीय दृष्टिकोणका कारण समाचारलाई दिइने महत्व फरक परेको हुनसक्छ ।
स्वास्थ्य मन्त्री गगन थापाले प्रस्ताव गरेको कार्यविधि मन्त्रिपरिषद्ले पारित गरेको अवस्थामा उनलाई पचास लाख दिन नमिल्ने कारणले सो कार्यविधिमा निर्णय नगरी सुजाता कोइरालालाई सरकारले ५० लाख दिने निर्णय गरेको समाचार अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ । राजधानीका अनुसार सहयोगका लागि प्रस्तावित रकम एक करोड भए पनि मन्त्रीहरूले विरोध गरेपछि प्रधानमन्त्रीको विशेष पहलमा पचास लाख गरिएको थियो ।
नयाँ पत्रिकाले कुन कुन नेताले कति उपचार खर्च लगे भन्ने सानो तालिका बनाएको छ । जसअनुसार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले एक करोड ६० लाख, एमाले अध्यक्ष केपी ओलीले एक करोड २६ लाख लिएको पनि देखाइएको छ । नयाँ पत्रिकाका अनुसार सुजाता कोइरालाले अहिलेसम्म कुनै पनि पदमा रहँदा सम्पत्ति विवरण सार्वजनिक नगेरेकी बरु त्यस बापत नगद जरिवाना रु. पाँच हजार बुझाएकी तथ्य पनि प्रकाशित गरेको छ । 
सुजाता कोइरालालाई स्तनमा क्यान्सर देखिएको बताइएको छ । सो क्यान्सर अहिले पहिलो चरणमा नै रहेको र जरुरी परेको खण्डमा केमो थेरापी गरिने पनि थाहा भएको छ । नयाँ पत्रिकाले उपचार सिंगापुरमा हुने बताएको छ भने गोरखापत्रले उपचार बैंककमा हुने भनेर लेखेको छ । 
डा. केसी दसौं पटकको अनशनमा
नेपालको चिकित्सा शिक्षामा अनेक पटक विभिन्न अडान राख्दै यस क्षेत्रको सुधारका लागि दत्तचित्त डा. गोविन्द केसी पुनः अनशनमा बसेका छन् । उनलाई समर्थन गर्ने व्यक्ति गगन थापानै स्वास्थ्य मन्त्री भएको अवस्थामा समेत उनले अनशन बस्नुपर्ने अवस्था सिर्जना भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठताको आधारमा डिन नियुक्त गरिनुपर्ने उनको अडान र त्यसमा सरकारसँग बारम्बार भएको सम्झौताकोविपरीत त्रिभुवन विश्वविद्यालयले चार वर्ष अघिदेखिको परम्परा मिच्दै नवौं वरीयताका केपी सिंहलाई डिनमा नियुक्त गरेलगत्तै डा. केसी अनशनमा बसेका हुन् । यसपल्टका अनशनमा डा. केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाको पनि बर्खास्तगीको माग राखेका छन् ।
डा. केसीको अनशनको समाचारलाई राजधानीले पहिलो पृष्ठको दुई कोलमको मुख्य समाचार बनाएको छ । यो समाचारलाई कान्तिपुर तथा नागरिकले करिब एकै प्रकारले प्रस्तुत गरेका छन् । कान्तिपुरले फोटोे मुनि पाँच कोलममा ‘कारबाही हुनुपर्ने व्यक्ति डिन !’ शीर्षक राखेर शिक्षण अस्पतालमा उपकरण खरिद गर्दा विवादमा मुछिएका डा. केपी सिंहलाई डिन बनाइएको लेखेको छ । कान्तिपुरले डा. केसीको अनशनको समाचारलाई डिनको समाचारभित्र उपशीर्षक दिएर प्रकाशित गरेको छ । 
नागरिकले अनशनको समाचारलाई सानो बक्स बनाएर वरिष्ठता मिचेर डिन नियुक्ती गरिएको समाचारलाई ठूलो बनाई प्रथम पृष्ठको मध्य भागमा प्रकाशित गरेको छ । कमाण्डर पोष्टले डा. केसीको अनशनलाई एन्कर बनाएर प्रस्तुत गरेको छ । 
नेपाली कांग्रेसको भातृ संस्था तरुण दलमा सर्वसम्मत अध्यक्ष
पोखरामा भइरहेको तरुण दलको महाधिवेशनमा जितजंग बस्नेतलाई अध्यक्षका रुपमा सर्वसम्मत गर्ने निर्णय भएको समाचारलाई कमाण्डर पोष्टले सात कोलमको ब्यानर समाचार बनाएको छ । पोष्टका अनुसार अन्य पदमा पनि सर्व सम्मत गराउने प्रयास भइरहेको र त्यसका लागि सबै समूह आआफ्नो पक्षका प्रत्याशीको समर्थनमा रहेका छन् । उपाध्यक्ष र महासचिव कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पाउनुपर्ने दाबीे छ भने सचिव सिटौला पक्षलाई तथा कोषाध्यक्ष खुम बहादुर पक्षलाई दिन संस्थापन तयार रहेको पनि सो समाचारमा जनाइएको छ । पौडेल पक्षले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका नाति सिद्धार्थ कोइरालाको नाम उपाध्यक्षमा प्रस्ताव गरेका कारण गणेशमान सिंहका नाती प्रभासमान सिंहलाई कोषाध्यक्ष बनाउने प्रस्ताव पनि आएको कमाण्डर पोष्टले लेखेको छ । यो पत्रिकाबाहेक तरुण दलको समाचारलाई अन्य कुनै पनि दैनिक पत्रिकाले प्रथम पृष्ठमा प्रकाशित गरेका छैनन् । 
सम्पादकीय
आजको अन्नपूर्ण पोस्टले नागरिकताका विषयमा सशक्त सम्पादकीय लेखेको छ । अंगीकृत नागरिकलाई देशका केही मुख्य पदमा नियुक्ति दिनु हुँदैन भन्ने विषयमा ठूला आवाज उठिरहेको अवस्थामा सत्तासीन नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) ले स्पष्ट अडान लिन नसकेको भन्दै पोस्टले नागरिकता जस्तो विषयमा बाहिरी दबाब समक्ष झुकेर निर्णय लिने हो भने त्यसले मुलुकको राजनीतिक, सामाजिक र सार्वभौम हैसियत कमजोर पार्ने भन्दै सबैलाई सचेत गराएको छ ।
कान्तिपुरले परराष्ट्र सेवाका कार्यप्रणाली सुधार्न विज्ञहरूले दिएको प्रतिवेदन वर्ष दिन बित्दा पनि कार्यान्वयन भएको विषयमा सम्पादकीय लेखेको छ । कान्तिपुरका अनुसार नेपालको कूटनीति कमजोर भएको र सो कुरा सार्क सम्मेलन स्थगित हुँदा पटकपटक फरक अवधारणाका विज्ञप्ति जारी गरेर नेपालले प्रष्ट गरेको छ । नेपालले विज्ञ कूटनीति (ट्रयाक टु) तथा जनस्तरको कूटनीति (ट्रयाक थ्री) लाई जोड दिएर अघि बढ्न पनि कान्तिपुरले सुझाव दिएको छ ।
नयाँ पत्रिकाले नेपालको फुटबल खेलको कालो इतिहासको अन्त्य हुने संभावना देखिएको विषयमा सम्पादकीय लेखेको छ । बाइस वर्षसम्म कुनै उपाधि नजितेको नेपालले नौ महिनाअघि बंगलादेशको बंगबन्धु गोल्डकप तथा लगत्तै साग फुटबलको फाइनलमा भारतलाई पन्छाएको थियो । अहिले मलेसियाको सोलिडारिटी कपका फाइनलमा पुगेर नेपाली फुटबलमा कालो युगको अन्त्य भएको प्रमाणित भएको जनाएको छ ।
हिमालय टाइम्सले बन्द तथा हड्तालको विरोधमा सम्पादकीय लेख्दै बन्दको अवज्ञा गर्ने क्रम सुरु भएको र त्यस्तो प्रतिवाद जनस्तरबाटै अझ सशक्त हुनुपर्ने भन्दै सो गर्न आह्वान गरेको छ ।
गोरखापत्रले सडक विकासमा भइरहेको कार्यको विवरण दिँदै यस्तो विकास कार्यमा प्रभावकारी अनुगमनको व्यवस्था हुनुपर्ने विषयमा जोड दिएको छ । नागरिकले सरकारले गर्ने निर्णयमा नातावाद, कृपावादको बढी नै चलखेल हुन थालेको र अहिले आएर आर्थिक पक्ष बढी हावी भएको भन्दै सो पद्धति भत्काउन अभिप्रेरित गरेको छ । 
कमाण्डर पोष्टले तरुण दलको महाधिवेशनको विषयमा र राजधानीेले लोडसेडिङ अन्त्य सम्भव भएको विषयमा सम्पादकीय लेखेका छन् ।
  
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro