site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी
उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि शनिबार कास्की स्थित पोखरा रंगशालामा भएको फाइनलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३–१को जित निकाल्दै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।  ब्ल्याक बुल्सको जितमा जाखोन्गिर अखमाडोभ, असिलबेक ओरिफजोनोभ र जाखोन्गिर मख्मुडोभले समान एक गोल गरे । पुलिसका शिशिर चौधरीले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । ३६औँ मिनेटमा जाखोन्गिर अखमाडोभले गोल गर्दै उज्बेकिस्ताननको टोलीलाई अग्रतामा राखेका थिए । ५९औँ मिनेटमा असिलबेकले पाहुना टिमको अग्रता दोब्बर बनाए । त्यसको सात मिनेटपछि नै जाखोन्गिर मख्मुडोभले ब्ल्याक बुल्सको अग्रतालाई ३–० मा पुर्याए ।