site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्पतालमै पुगेर गृहमन्त्रीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कीर्तिपुरको बर्न अस्पताल पुगेर त्यहाँ उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । घाइतेको अवस्था बुझ्दै उनले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सतर्कता अपनाउनुपर्ने बताए । 

पौडेल र आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चिकित्सकहरूले जाँच गरेको र खतरामुक्त रहेको जानकारी दिएको बताए । अर्थमन्त्रीको हात र मुहारमा केही जलन देखिएको उनले बताए । 

पौडेल र आचार्य पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका थिए । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । 

बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्य घाइते भएका थिए । 

घटना हुनेबितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भिक उपचार गरिएको थियो । त्यसपछि दुवैजनालाई थप उपचारका लागि छुट्टाछुट्टै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro