site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीमित साधन स्रोतको बाबजुद कोसी प्रदेशले राम्रो काम गरेको छ : प्रमुख खापुङ

काठमाडौं । कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको औचित्य र आवश्यकता महसुस हुने गरी अझै प्रभावकारी काम गर्न सके संघीयताको उद्देश्य प्राप्त हुने बताएका छन् । 

कोसी प्रदेश सरकार स्थापनाको सातौँ वार्षिकोत्सव समारोहका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा खापुङले प्रदेश सरकारले सीमित साधन स्रोतको बाबजुद राम्रो काम गरिरहेकाले यसलाई निरन्तरता दिँदै जनताको हकहितमा कार्यक्रम र योजना ल्याउन आग्रह समेत गरे । उनले प्रदेश सरकारले संविधान र कानुन अनुसार कार्य गरिरहेकाले यसलाई अझै प्रभावकारी रूपमा जनताको पक्षमा लैजान सुझाव दिए । 

कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भौतिक पूर्वाधारका साथै मानव संसाधन विकासमा कार्यक्रम र योजना ल्याउन लागेको जानकारी दिए । उनले आर्थिक स्रोतको अभावमा प्रभावकारी काम गर्न नसकिएको स्वीकार गर्दै प्रदेश सरकारले पहिलोपटक आन्तरिक आयस्रोत अभिवृद्धि गर्न प्रदेश राजस्व कार्यालय गठनको प्रक्रिया थालिएको धारणा राखे । 

त्यस्तै, कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सबै राजनीतिक दल मिलेर प्रदेशको विकास र उन्नतिमा काम गर्न सके कोसी प्रदेश सम्भावनाको क्षेत्र भएको जिकिर गरे । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले कोसी प्रदेश सरकारका ७ वर्षको उपलब्धि समेटिएको पुस्तक सार्वजनिक गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro