site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापा पुगेर प्रचण्डले भने– ओलीले संविधान च्यात्न खोजे
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् । 

शनिबार झापाको दमकमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ संकल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेन्डालाई लिएर देशव्यापी अभियान थालेको समेत बताए । 

उनले अहिले एकथरी शक्ति संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए । आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले अहिलेको प्रधानमन्त्री केपी ओलीलाई संघीयता, समावेशी, समानुपातिक प्रणाली मन नपरेको भन्दै ओलीले संविधान च्यात्न खोजेको आरोप लगाए । 

अध्यक्ष प्रचण्डले आफू पटक–पटक प्रधानमन्त्री हुँदा देशभित्र र देशबाहिर नयाँ रेकर्ड बन्न थालेपछि दलाल, भ्रष्ट र बिचौलियाले सरकार ढालेको दाबी गरे । अब सरकारबाट बाहिरिएपछि देशव्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उनले जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro