site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलुन विस्फोटमा घाइते उपप्रधानमन्त्री पौडेलको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।  

उनको पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनको अहिले कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ । 

उनको हातमा र गालामा बेलुनको छर्रा लागेको र अवस्था सामान्य रहेको अर्थमन्त्रीको सचिवालयले बाह्रखरीलाई जानकारी दियो । 

पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री विष्णु पौडेलसँगै पोखराका मेयर धनराज आचार्य पनि घाइते भएका थिए । आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 

मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । मेयर आचार्यको घाँटीमा आगोले पोलेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro