site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूमिसम्बन्धी अध्यादेश आपत्तिपूर्ण : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि मिचेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् । 

पार्टीको वागमती प्रदेशको प्रथम अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले संसद्को अधिवेशन बोलाउने बेला, संसदीय समितिमा विचाराधीन विधेयकलाई मिचेर अध्यादेश ल्याइएको भन्दै समर्थन गर्न नसकिने स्पष्ट पारेका हुन् । 

उनले संसद् आह्वान गर्न छाडेर बिचौलियाको प्रभावमा परेर सरकारले हतार–हतार अध्यादेश ल्याएको आरोप लगाए । अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश आपत्तिपूर्ण रहेको उनले बताए । 

अध्यक्ष नेपालले सरकारले गलत नियत राखेर सामाजिक सञ्जालसम्बन्धी विधेयक अघि सारेको जिकिर गरे । उनले विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमले कसैको विरोधमा समाचार लेख्ने अवस्था नहुने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro