site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प–किमको भेटघाट तयारी–  उत्तर कोरियाली तानाशाहसँग भेटे अमेरिकी गुप्तचर एजेन्सीका निर्देशकले
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकाको जासुसी संस्था सीआइएका निर्देशक  माइक पोम्पियो र उत्तर कोरियाका तानाशाह किम जोंग उनको बीच भेटघाट भएको समाचार आएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पोम्पियो हालै उत्तर कोरियाको गोपनीय यात्राबाट फर्केका छन् । सीआइएका दुई अधिकारीहरुले पनि यस कुरालाई पुष्टि गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोंगको बीच प्रस्तावित भेटवार्ताको रोडम्याप तैयार गरिएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हालै डोनाल्ड ट्रम्पले पनि दुई देश बीच कुराकानी हुने कुरालाई स्वीकारेका छन् । उनले जापानको प्रधानमन्त्री शिंजो आबेको स्वागतको दौरानमा भनेका थिए, “हाम्रो बीच एउटा उच्चस्तरको हुँदैछ ।” आबे अमेरिका भ्रमणमा छन् । 

न्यूज एजेन्सीका अनुसार ट्रम्प र किम जोंगको बीच भेटघाट मे वा जुनमा हुन सक्छ । खुद ट्रम्पले भनेका छन् कि उत्तर कोरियाली नेताको साथ जुन वा त्यो भन्दा अगाडि भेटवार्ता हुन सक्छ । ट्रम्पले यो पनि जानकारी दिएका छन् कि भेटवार्ताको लागि ५ स्थानलाई विकल्पको रुपमा राखिएको छ । तर यो बताईएको छैन कि ती ठाउँहरु कुन– कुन हुन् ? 

Global Ime bank

ट्रम्पले दक्षिण र उत्तर कोरियाको बीच हुनेवाला शान्ति वार्ताको लागि शुभकामना दिएका छन् । उनी आशा गर्दछन् कि १९५०–१९५३ को बीच भएको युद्धपछिको अशान्तिलाई यो शान्ति वार्ताले पूर्ण रुपमा खतम गर्दछ । 

ट्रम्प गएको महिना किम जोंग उनसँग बातचीतको लागि राजी भएका थिए । तर उनले उत्तर कोरियाको परमाणु परिक्षणलाई रोक्ने शर्त चाहिं राखेका थिए । यसमा उत्तर कोरियाले मिसाइल परिक्षण रोक्ने भरोसा दिलाएको थियो । ट्रम्पले गएको महिना १० मार्चमा ट्वीट पनि गरेका थिए, “उत्तर कोरियाको साथ राखिएको शर्त चाँडै नै पुरा हुनेवाला छ र यदि यसो भयो भने पुरै विश्वको लागि निकै राम्रो हुन्छ । वार्ताको लागि समय र स्थानको निर्धारण चाँडै नै गरिनेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय