site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन (रासस) । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ ।

 अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८:५० बजेको समयमा भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छ्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । सापकोटाले भने, “डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ ।” आफू भाग्न नसकेको भए आगो समेत लगाउने सापकोटाले बताए ।

मोटरसाइकलमा आएका व्यक्तिसँग भएको कुराकानी बताउँदै सापकोटाले भने, “तँ गोकर्ण विष्ट होस् भने, मैले होइन भनेँ, अर्कोले यहीँ हो भन्यो र मलाई समाए ।” १९/२० वर्ष उमेरको एउटा र ३५/३६ वर्षको अर्को एक व्यक्तिले आफूलाई समाउने र डिजल खन्याउने गरेको उनले बताए ।
सँगै अर्को मोटरसाइकलमा दुईजना भए पनि ती कस्ता थिए आफूले अनुमान लगाउन नसकेको उनले बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ०३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement