site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फेडेरर र भेनस इन्डियन वेल्स मास्टर्सको सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेरर इन्डियन वेल्स मास्टर्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको क्वाटरफाइनलमा कोरियन खेलाडी चुङ हेयनलाई हराउदै फेडेररले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्  ।

क्यालीफोर्नियामा भएको खेलमा फेडेररले २३ औं वरियताका हेयनलाई ७ – ५ र ६ – १ को सेटमा पराजित गरे । योसँगै ३६ बर्षिय फेडेररले ११ औं पटक  इन्डियन वेल्सको सेमिफाइनलमा स्थान बनाए । कीर्तिमानी २० औं पटकको ग्राण्डस्लाम च्याम्पियन  फेडेररले  पाँचौ पटक इन्डियन वेल्सको उपाधि जितिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फेडेररले अब फाइनल प्रवेशको लागि क्रोएसियाका बोर्ना कोरिकसँग खेल्ने छन् । कोरिकले क्वाटरफाइनलमा दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई २ – ६, ६ – ४, ७ – ६ (७ – ३ ) ले हराउदै फेडेररसँगको भेट पक्का गरे ।

बीएनपी परिबास ओपनले चिनिने इन्डियन वेल्स अन्तर्गत नै महिलातर्फ अमेरिकी भेनस विलियम्सले सेमिफाइनलमा स्थान पक्का गरेकी छिन्  । क्वाटरफाइनलमा भेनसले स्पेनकी कार्ला स्वारेज नभारोलाई पराजित गरिन्  ।

Global Ime bank

भेनसले नभारोमाथि ६ – ३ र ६ – २ को सेटमा हराएकी थिइन् । ३७ बर्षिय भेनसले अब फाइनल प्रवेशको लागि रसियन डारिया कासतकिनोसँग खेल्ने छिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय