site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दुई खेलाडीलाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।

भारोत्तोलनका पूर्व खेलाडी सञ्जयकुमार महर्जनलाई पाँच लाख तथा सुटिङ खेलाडी सविता बस्नेतलाई एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराइएको हो । कोषका अध्यक्षसमेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

Dabur Nepal
NIC Asia

महर्जनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । प्रशिक्षणका दौरान चोट लागेका महर्जनले दुखाइ कम गर्न तीन वर्ष ‘पेन किलर’ औषधि सेवन गरेका थिए । त्यही ओषधि सेवनका कारण महर्जनको मृगौलामा समस्या उत्पन्न भएको थियो ।

सविता ‘ब्रेस्ट क्यान्सर’ बाट पीडित छिन् । सविताको ‘रेडियोथेरापी’ सकिएको कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro