site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्याडमिन्टनका प्रिन्स दाहाललाई भेटेर घिसिङले भने– राम्रो तयारी गर्नुहोस्

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेटेर बाँकी सयम तयारीका लागि भरपुर उपयोग गर्न आग्रह गरेका छन् ।

घिसिङले सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रिन्सलाई भेटेर सुझाव दिएका हुन् ।

“पेरिस ओलम्पिकका लागि छनोट हुनु भएकोमा हार्दिक बधाई । अब वाइल्ड कार्डका लागि खेल्न नपरे पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भने टुट्नु हुँदैन,” सदस्य–सचिव घिसिङले भने, “अन्तर्राष्ट्रिय सहभागिता भन्दैमा जुनसकै प्रतियोगिता खेल्ने पनि होइन । आफू भन्दा वरीयतामा माथि र बलिया खेलाडीसँग खेल्ने वातावरण बनाउन संघको ध्यानकर्षण गराउन चाहन्छु । अझ ओलम्पिककै लागि छनोट भएका अन्य राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिले झन् राम्रो । तयारीका लागि परिषद्ले गर्ने सहयोगमा कुनै कमी हुने छैन ।”

भेटकै दौरान सदस्य–सचिव घिसिङले प्रिन्सलाई आवश्यक पर्ने खेल सामग्रीका विषयमा सोध्दै प्रिन्सले माग गरेका खेल सामग्री सोमबारै राखेपले उपलब्ध गारएको छ ।

भेटका अवसरमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको पनि उपस्थिति थियो । अध्यक्ष श्रेष्ठले प्रिन्सलाई वाइल्ड कार्ड दिलाउन संघले पनि धेरै मिहिनेत गरेको बताए ।

प्रिन्स हाल विश्व वरीयतामा १७९औँ  स्थानमा छन् । जुनियर विश्व वरीयतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा ६ महिना शीर्ष स्थानमा पनि थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro