site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार छाड्ने निर्णय गरेका छैनौँ : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन् ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजबारे छलफलका लागि सोमबार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासामा नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पारे ।

उनले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि मंगलबारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा थप छलफल हुने बताए ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक मंगलबारदेखि ललितपुरको कान्तिपुर गार्डेनमा बस्दै छ । दुई दिनसम्म चल्ने बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने नेता खनालले बताए ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro