site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मलाई फाँसीको निर्णय हुँदा पनि एकदिन मर्नैपर्छ भन्ने भयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । परिवारको सुख र सन्तानको उज्ज्वल भविष्यको सपना देख्दै रोजगारीका लागि मरुभूमितिर ०६२ सालमा कुवेत हानिएकी डोल्मा शेर्पा मर्दामर्दै बाँचेर मुलुक फर्किएकी छिन् । फिलिपिनो कामदारको हत्या अभियोगमा २०६४ मा डोल्मालाई कुबेतका दुई अदालतले फाँसीको फैसला सुनाएका थिए । १० वर्षसम्म कुवेतको कालकोठरीमा बन्दी जीवन बिताएकी डोल्माले मुलुक नदेखी फाँसीको फन्दामा झुन्डिनुपर्ने, परिवारसँग नभेटी मर्नुपर्ने कठोर पीडामा आफ्ना आँखाका सबै आँसु त्यही मरुभूमिमा सुकाएर आइन् । 
घामको उज्यालो नदेखेको ती १० वर्षमा एउटा फाँसीको पीडाभन्दा पनि उनले देशमा मर्न नपाउने छटपटीमा कयौँ पटक मर्दैबाँच्दै गरेको सुनाइन् । नेपाली धर्तीमा पाइला टेकेपछि, शरीरमा आफ्नो देशको पारिलो घाम परेपछि पुनः उनको आँखामा एउटा मूल फुटेको छ । र, त्यही कहालीलाग्दो १० वर्षलाई एउटा नराम्रो सपना सम्झेर आँसुले धोइदिएकी छिन् । बिसञ्चो भए पनि डोल्माले आफ्नो विगत बाह्रखरीकर्मी नवराज विष्टसँग यसरी सुनाइन् ।
...
म आज नेपाल आएको ११ दिन भयो । अहिले केही आराम गरिरहेको छु । बिरामी भएका कारणले हस्पिटल पनि गइरहेकी छु । टाउको दुखाई र हातको बिरामी छु । आज माइती नेपालले यहाँ कार्यक्रम गरेको छ, म त्यसको लागि धन्यवाद दिन्छु ।

अस्पतालमा अस्ति रगत परीक्षण गरे, एक्स रे गरेँ । नियमित स्वास्थ्य जाँचमा छु । मलाई भिटामिन कमी भएको रहेछ । १० वर्ष जेलमा बसेँ । मैले घाम देखिँन । त्यसैले पनि होला शरीर कमजोर छ । जेलमा पनि हृदयघात सम्बन्धि रोग पनि लागेको थियो । त्यहाँ पनि टाउको र मुटुको सम्बन्धि उपचार गरेर ६ महिना औषधि खाएँ ।

ब्लडप्रेसर पनि हाइ छ, त्यसको पनि ६ महिना औषधि खाएँ ।

Prabhu Bank
Agni Group
NIC Asia

धेरै दुःख भयो जेलमा बसेर ।

...

Global Ime bank

म नेपाल आएर अहिले होस्टलमा बसिरहेकी छु । यहाँ धेरैको माया पाएँ । यहाँ अहिले माइती नेपालमा आएको छु । पत्रकारहरू धेरैजनासँग भेट भयो । उहाँहरू धेरै प्रश्न सोध्नुभयो । मैले ममाथि भएको घटनाका बारेमा उहाँहरूलाई बताइरहेकी छु ।

भगवान बुद्ध र पशुपतिनाथलाई साँची राखेर म बोल्दैछु । मैले उहाँहरूलाई मेरो कुरा बताइरहेकी छु तर उहाँहरूले कसरी लेख्नुहुन्छ थाहा छैन ।

...

नेपाल आएर मैले मेरो परिवारका नन्दलाई भेटेँ, जेठानीहरू भेटेँ । सबै मलाई सहयोग गर्नेहरूसँग भेटेँ । मलाई सरम पनि लागि रहेको छ, खुसी पनि छु । म मरिसकेको मान्छे पनि जिउँदै फर्केर आएको छु, म खुसी छु । मलाई माया गर्ने मेरा आफन्तसँग भेट्न पाएको छु ।

विदेशमा ममाथि भएको घटना सम्झँदा पनि रिँगटा लाग्छ । मेरो दिमाग ‘ह्याङ’ भइरहेको छ । त्यो दिन सोच्छु, मलाई किन मारेन किन उसलाई (फिलिपिनी महिला) मात्र मार्यो । ऊ पनि एउटा बच्चाको आमा थियो । ऊ पनि आफ्नो घरपरिवार, छोराछोरी छाडेर आएको थ्यो । अर्काको देशमा । मलाई उसको निकै माया लाग्छ । ऊ त मरेर गयो तर म जिवित मान्छेले यति धेरै दुःख पाएँ । त्यो घटना सोच्न पनि सक्दिनँ । 

मैले जेलमा मुस्किलले बिताएँ । सुरुका चारपाँच महिना मैले निकै दुःख पाएँ । मसँग पैसा थिएन । केही पनि थिएन । म त्यतिबेला धेरै रुन्थेँ । एक जना दिदी हुनुहुन्थ्यो । नुहाइधुवाइ लुगाकपडा उहाँले नै व्यवस्था गरिदिनुहुन्थ्यो । जेलमा थुप्रै नेपाली पनि थिए । 

मलाई फाँसीको सजाय सुनाइएपछि साउदी अरबको एम्बेसीबाट मान्छे आएका थिए । त्यतिबेला कुवेतमा एम्बेसी थिएन । अहिले एम्बेसी राखेको झण्डै चार वर्ष  भयो होला । यो चारवर्षमा पनि कुवेतको एम्बेसीबाट मैले केही पाइनँ । त्यतिबेला एकजना मित्र सर हुनुहुन्थ्यो, उहाँको सहयोग पाएँ । त्यहाँ एकजना ‘सागिर साहब’ हुनुहुन्थ्यो उहाँको पनि सान्त्वना पाएँ । कुवेतमा एम्बेसी भएपछि दुईतीन महिनामा एकपटक भने एम्बेसीका मान्छेसँग भेट हुन्थ्यो । 

मलाई एम्बेसीप्रति गुनासो छ । अरु देशका एम्बेसीहरूलाई फोन गर्ने  बित्तिकै आउँछन्, सहयोग गर्छन् तर नेपालको एम्बेसी फोन गर्दा पनि फोन उठाउँदैनन् ।  उठाए पनि को हो भनेर सोध्छन्, म डोल्मा हो भनेपछि, लु के छ भनिहाल न म बिजी छु भन्छन् । त्यसरी भनेपछि मैले भन्ने कुरा के भयो त ? उनीहरूले हाम्रो कुरा राम्ररी सुनिदिँदैनन् । 

नेपालमा घरपरिवारसँग सुरुका दिनमा सम्पर्क हुन्थ्यो । जेल परेपछि दुईतीन महिनासम्म घरमा श्रीमान्सँग पनि कुरा हुन्थ्यो । उहाँले डोल्मा चिन्ता नगर, जेजस्ते भएपनि म वकिल राखेर सहयोग गर्छु भन्नुहुन्थ्यो । धेरै राम्रो कुरो हुन्थ्यो । 

जेलमा पुराना मान्छेहरू १५–२० वर्षदेखि बसिरहेका पनि हुन्थे । भर्खरै जेल पर्नेलाई तिनीहरूले हेला गर्थे । मान्छे मारेको केसमा अरू आरोपीहरू पनि थुप्रै थिए ।

अमेरिकी, भारतीय महिलाहरू पनि थिए । कसैले यस्ती सोझी केटीले कसरी ज्यान मार्न सक्छ भन्थे, मसँग अँगालो मारेर रुन्थे, एक जोर कपडा दिएर पनि सान्त्वना दिन्थे । कसैले चाहिँ तिमीले नमारेको भए कसरी जेल आउँथ्यौ र पनि भन्थे । त्यतिखेर मैले कस्तो जिन्दगी पाएछु भन्ने जस्तो पनि लाग्थ्यो । 

मलाई फाँसीको फन्दामा लाउँछु भनेर तिनीहरूको अफिस (जेल प्रसासन) मा बोलाए । त्यहाँ कागजमा ल्याप्चे लगाउन लगाउँथे । पढेलेखेको भए पनि वा केही नजानेको भएपनि त्यहाँ ल्याप्चे नै लगाउनुपथ्र्यो । फाँसी दिने निर्णय गरिएको कागजमा मैले ल्याप्चे लगाएँ । 

जेलमा मसँगै रहेका मान्छेले मलाई सिकाउँथे, तिमीलाई कागजमा ल्याप्चे लगाउन बोलाउँछन्, नपढी ल्याप्चे लगाउनु हुँदैन । अफिसमा मैले सोधेँ, के कारणले थ्याप्चे लगाउने हो ? म त लगाउँदिन भनेँ । पढेर सुनाउनु भनेँ । उनीहरूले (महिला प्रहरी) सुनाए । मलाई फाँसीको सजाय तोकिएको रहेछ तर तारिख भने तोकिएको रहेनछ । 
अब त्यहाँ मैले गर्दिनँ भनेर हुँदैन । मैले गर्नै पर्यो । त्यहाँ मसँगै भएका दिदीहरू पनि रोए । तिमी त सानै छौ तिमीले नगरेको काममा पनि सजाय पायौ, जेलले पनि कसरी सबै कुरा नबुझी फाँसी दिएको होला ? उनीहरू सबै मसँगसँगै रोए । उनीहरूले मलाई माया गर्थे । विचरा भन्थे ।

मलाई फाँसीको निर्णय गरिएको कागजमा अरबी भाषामा लेखिएको थियो । उनीहरूको कुरा म त्यतिबेलासम्म बुझ्ने भइसकेको थिएँ । उनीहरूले सुनाउँथे म बुझ्थेँ । त्यहाँ १ वर्ष बितिसकेको थियो । 

मलाई फाँसी दिने निर्णय गरेपछि, म सोच्थेँ, मानिसको जीवन लिएपछि एक दिन त मर्नैपर्छ, जेजस्तो भएपनि मान्छे, दुर्घटनामा पनि मर्छन्, घरमै मर्छन्, अस्पतालमै मर्छन्, कोही आत्महत्या गरेर मर्छन् तर मैले बुद्ध भगवानसँग प्रार्थना गर्थेँ, म निर्दोष छु । माथिबाट ईश्वरले हेरिरहेको हुन्छ, म कस्तो छु भन्ने कुरा । मलाई आशा थियो, म मर्दिनँ होला, मलाई झुन्ड्याउँदैन होला । तर मानवको जीवन लिएपछि एकदिन त मर्नै पर्छ ।

दुःख चाहिँ लाग्थ्यो, मेरो परिवार हेर्न पाइनँ, मेरो दुई वर्षको छोरा छोडेर आएको छु, छोरालाई देख्न पाइनँ, आमालाई देख्न पाइनँ । आफ्नै देशमा मर्न सकिनँ भनेर धेरै दुःख लाग्थ्यो ।  

मलाई फाँसीको सजाय सुनाइएको थियो । धेरै वर्षपछि फाँसीको सजायबाट घटाइयो तर पनि २५ वर्ष जेलमा बस्नैपर्छ । आजीवन जेल बस्नुपर्छ भने । फाँसी नदिने भएपछि केही खुसी भएँ । तर पनि २५ वर्षमा मर्न पनि सकिन्छ, घर फर्कन पनि सकिन्छ । यो खुसीको कुरो कसलाई सुनाउने मलाई छटपटी भइरह्यो । 

मैले सुनेअनुसार अहिले मेरो श्रीमान् घरको समस्या टार्न वैदेशिक रोजगारीको सिलसिलामा उहाँ इराकमा हुनुहुँदो रहेछ । उहाँसँग फोनमा बोलेँ । खुसी हुनुहुन्छ । उहाँले तिमी अहिले आराम गर ।  नेपाल फर्केर आयौ, मलाई खुसी लाग्यो भन्नु भएको छ । 

उहाँलाई दुवैपटिको जिम्मेवारी छ । उहाँले दोस्रो विवाह गर्नुभएको छ । मैले उहाँलाई बुद्धि पुर्याएर, दह्रो भएर काम गर्नू भनेको थिएँ । उहाँलाई मैले भनिसकेको थिएँ, म फर्कन पनि सक्छु ।

जीवन अझै लामो छ । मेरो छोरा छ । आफन्तहरू छन् । मैले आफ्नो घरपटिका धेरै मान्छेहरू चिनेको थिइँन । अहिले सबैसँग चिनजान भएको छ । म निकै नै खुसी छु । उहाँहरूले मेरो लागि निकै सहयोग गर्नु भएको छ । अहिले बुहारी भनेर उहाँहरू भेट्न आइरहनु भएको छ, मलाई  धेरै खुसी लाग्छ । 
...
म विदेशमा रोजगारी छ भनेर जान चाहने दिदीबहिनीलाई कोही पनि विदेश नजानु भन्छु । जानै पर्ने भए पनि काम सिकेर जानुहोला, त्यो देशको भाषा सिकेर जानुहोला । सकेसम्म विदेश नजानु होला, आफ्नै देशमा पानी पिएर भए पनि, कोदालो चलाएर भएपनि गरेर खानु होला ।

कसैकसैले घर बेचेर विदेश जानु भएको छ । उहाँले विदेशमा कमाउन पनि सक्नु भएको छैन । फर्केर आउँदा घर पनि हुँदैन । विदेशमा दिदीबहिनीहरू धेरै फसिरहनु भएको छ । धेरै जेलमा हुनुहुन्छ । नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेश नजानुस् । सकेसम्म नजानुस् ।

हाम्रो सरकार, नेपाल सरकारलाई म भन्छु, गरिबका लागि सुविस्ता गर्नुपर्यो । नेपालमा गरेर खान सक्ने सुविस्ता बनाइदिनु पर्यो । बाहिर देशमा नेपालीले दुःख पाउनु नपरोस् ।

सरकारले मेरो लागि गरेकै हो । अरुका लागि पनि गरिरहेकै होला । तर सरकारलाई मेरो यो अनुरोध हो, नेपालीलाई देशमै गरेर खानसक्ने अवस्था बनाइदिनु पर्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७४  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC