site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ । 

जि–२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो । 

उक्त वार्ताका क्रममा उनीहरुबीच सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्दै नाकाबन्दीका विषयमा पनि कुराकानी भएको बताइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर सो विषयलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने अस्वीकार गरेका थिए । उनले आफ्नो भेटका क्रममा रुसी राष्ट्रपति पुटिनसँग अन्य विषयमा कुराकानी भए पनि नाकान्दीका बारे भने कुरा नभएको बताएका थिए ।  

राष्ट्रपति ट्रम्पले यो दाबी गरेको दुई दिनपछि ह्वाइट हाउसले भने त्यसको पनि खण्डनको स्वरुपमा यो खुलासा गरेको हो । ह्वाइट हाउसका प्रवक्ता सराह हकाबी स्यान्डर्सले उनीहरुबीच नाकाबन्दीका बारेमा पनि कुराकानी भएको जानकारी सोमबार दिएका थिए ।  

Global Ime bank

यो भेटमा दुई देशबीचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा यो भेटवार्तामा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० समूहको सम्मेलनमा सहभागिताका लागि जर्मनीको ह्यामबर्ग गएका थिए । सम्मेलनपछि उनीहरुबीच भेटवार्ता भएको थियो । 

रुससँग संयुक्तराज्य अमेरिकाका धेरै विषयमा मतभेद छन् । सन् २०१६ को आम निर्वाचनमा रुसको संलग्नताको कुरा गत वर्ष नै बाहिर आएको थियो । यद्यपि यो मुद्दा पुष्टि भइसकेको भने होइन । 

यसैगरी उनीहरुबीच पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको आणविक परीक्षणको विषयमा पनि कुराकानी भएको बताइएको थियो । उत्तर कोरियाप्रति रुस विगत देखि नै तटस्थ रहँदै आएकोले अमेरिकाले रुसलाई सो विषयमा कुराकानी गर्न आग्रह गरेको बताइएको थियो । 

राष्ट्रपति ट्रम्पले जुन विषयमा आफूले कुराकानी नगरेको बताएका थिए सोही विषयमा विवादास्पद हुनेगरी कुरा भएको भनी ह्वाइट हाउसले नै यो विषय बाहिर ल्याएको सञ्चारमाध्यमले जनाएका छन् । रासस/सिन्ह्वा 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !