site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीको गोलीबाट मारिए

काठमाडौं । अस्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका एक नाबालिग प्रहरीको गोलीबाट मारिएका छन् । गोली लाग्नुभन्दा अघि ती नाबालिगले एक व्यक्तिलाई घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ ।

शनिबार राति अबेर एक नाबालिग चक्कु प्रहार गर्दै हिँडेको प्रहरीले सूचना पाएको थियो । नाबालिगको उमेर १६ वर्षको भएको बताइएको छ । उनलाई रोक्नका निम्ति गोली चलाइएको प्रहरीले जनाएको छ ।

गोली लागेपछि ती नाबालिगलाई अस्पताल लगिएको थियो । उनलाई बचाउन भने नसकिएको जनाइएको छ ।

पछिल्ला दिनमा अस्ट्रेलियामा चक्कु प्रहारसम्बन्धी अपराधका घटना बढेको छ । यसअघि, सिड्नीको एक सपिङ मलमा महिला र बच्चालाई निसाना बनाएर चक्कु प्रहारको घटना सार्वजनिक भएको थियो । बीबीसी हिन्दीबाट ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro