site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ए डिभिजन फुटसल लिग वैशाख अन्तिम साताबाट पोखरामा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ए डिभिजन फुटसल लिग पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने फुटसल लिग वैशाख अन्तिम साताबाट हुने भएको हो ।

आयोजक एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै लिग वैशाख २५ देखि जेठ १५ गतेसम्म हुने जनाएको छ । प्रतियोगतामा सात प्रदेश र एक विभागीय टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको तयारीका लागि एन्फाले प्रत्येक टोलीलाई एक लाख रुपैयाँ प्रदान गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताका लागि प्रदेश १ को छनोट खेल चैत १ देखि ५ गतेसम्म इटहरीमा हुनेछ । त्यस्तै प्रदेश २ का लागि हेटौंडामा चैत ८ देखि १२ गतेसम्म छनोट खेल हुनेछ ।

Global Ime bank

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट खेल चैत १९ देखि २३ गतेसम्म दाङमा हुनेछ । त्यस्तै वाग्मती प्रदेशको छनोट काठमाडौंमा चैत २५ देखि ३० गतेसम्म हुँदा गण्डकी प्रदेशको छनोट पोखरामा वैशाख ३ देखि ७ गतेसम्म चल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय