site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आज यो वर्षकै चिसो दिन, तापक्रम २.३ डिग्री 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । 

“आज विहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । यो आजसम्मको यो वर्षकै न्यून तापक्रम हो,” मौसमविद् मञ्जु बासी भन्छिन् । दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने उनले जानकारी दिइन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहेन छ । यद्यपि घाम लागे पनि त्यति धेरै तातो महसुस नहुने मौसमविद् बासीको भनाइ छ । 

बिहान तराई तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । “पश्चिम तराईमा बाक्लो हुस्सु लागिरहेको छ । तर यो मध्यान्हसम्म विस्तारै हटेर जाने छ । पश्चिम तराईको तुलनामा पूर्वी तराईमा केही पातलो हुस्सु लागिरहेको छ,” उनी भन्छिन्, “वागमती र गण्डकीको पहाडी भू–भागमा पनि कुहिरो लागिरहेको छ ।” 

Global Ime bank

तराईमा दिउँसोसम्म लाग्ने हुस्सुका कारण तापक्रममा आउने कमीका कारण चिसो हुने भन्दै त्यसबाट बच्न आवश्यक सतर्क हुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा चिसोबाट बच्न बिहान बेलुका चोकचोकमा आगो बालेर ताप्ने चलन छ । 

दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बाक्लो हुस्सुका कारण भिजिलिटी कम हुने भएकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै विभागले आवश्यक सतर्क हुन भनेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय