काठमाडौं । साविक विजेता टोली वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पाँचै खेलमा बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा जर्मन क्लब वायर्नले एट्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो ।
एट्लेटिकोको घरेलु मैदानमा थोमस मुलरले एक गोल फर्काए । उता जाओ फेलिक्सले एक गोल गरे । खेलको २६ औं मिनेटमा फेलिक्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
८६ औं मिनेटमा मुलरले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै वायर्नले पाँच खेलबाट १३ अंक जोडेको छ । वायर्न यसअघि नै अघिल्लो चरणमा प्रवेश गरि सकेको छ । यता एट्लेटिकोले ६ अंक जोडेको छ । एट्लेटिको तालिकाको दोस्रो स्थानमा छ ।
मंगलबार राति नै भएको खेलमा लोकोमोटिभ मस्को माथि आरबी शाल्जवर्गले जित निकालेको छ । घरेलु टोली मस्कोमाथि शाल्जवर्गले ३–१ गोलको जित निकालेको हो ।