site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अध्यागमनकै हिरासतबाट नाइजेरियन तस्करको लाखौं ठग्‍ने योजना !
Sarbottam CementSarbottam Cement

काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका एक नाइजेरियन तस्करले लाखौं ठग्ने योजना बनाएको खुलेको छ । लागुऔषध मुद्दामा ६ वर्ष बढी नेपालमा जेल सजाय भोगेर ‘डिपोर्ट’ का लागि अध्यागमन विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जोबीले लाखौं ठग्ने योजना बनाएको खुलेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जेम्सबाट एक नेपाली व्यापारीलाई ठगिनबाट जोगाएपछि यस्तो रहस्य बाहिरिएको हो ।

यस्तो छ घटना
जेम्सले विराटनगर बस्दै आएका एक नेपालीलाई फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । उनले फेसबुकमै म्यासेज गरेर ती नेपालीलाई आफू यूएस आर्मीमा आबद्ध रहेको र आफूलाई विदेशीसँग कुरा गर्न, साथी बनाउन मन पर्ने बताए । जेम्सको त्यस्तो म्यासेजपछि उनीहरूबीच कुराकानी हुन थाल्यो ।

त्यही क्रममा जेम्सले आफू सिरियामा मिसनमा गएको बताए । जेम्सले सिरियामा आफूहरूले करोडौं रकम पाएको र त्यसमध्ये आफ्नो भागमा ९० लाख डलर परेको बताए । उनले विरानगरमा रहेका नेपालीलाई रकमबारे जानकारी मात्रै दिएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफूले सो रकम अमेरिका लैजान नसक्ने बरु नेपाल पठाइदिने बताए । नेपाल पठाएको रकम आफू कुनै समय नेपाल आएका बेला र अन्य कुनै माध्यमबाट लैजाने बताए । सोही रकममध्ये विराटनगरमा रहेका नेपालीलाई पनि मनग्ये दिने वाचा गरे ।

नेपाली हौसिए । उनीहरू फेसबुकबाट सामाजिक सञ्जालको अर्को माध्यम ‘ह्वाट्सएप’ मा जोडिए । नियमित कुराकानी हुन थाल्यो । जेम्सले आफूले नेपालमा ९० लाख डलर पठाउन लागेको सुनाए । एकदिन जेम्सले ‘ह्वाट्सएप’मा नेपालमा रहेका विराटनगरका ती व्यक्तिलाई फोन गर्दै आफूले पठाएको रकम दुबई पुगेको र त्यहाँबाट नेपाल पठाउन हजारदेखि १५ सय डलरसम्म शुल्क लाग्ने सो रकम पठाइदिन भने । त्यो सुनेपछि नेपालीलाई शंका लाग्यो ।

Global Ime bank

उनलाई जेम्सले सो रकम कृषि विकास बैंकमा रहेको एकजनाको खातामा हाल्दिनुपर्ने र सो रकम दुबई कस्टममा पुग्ने बताएका थिए । जेम्सको कुरामा शंका लाग्दै गएपछि नेपाली नागरिकले त्यसबारे प्रहरीलाई जानकारी गराइसकेका थिए ।

बैंक खाता मजदुरदेखि प्रहरीसम्मको
सीआईबीले घटनाको अनुसन्धान सुरु गरिसकेको थियो । ती व्यक्ति हजार डलर बोकेर कृषि विकास बैंक भक्तपुर पुगे । जेम्सले खाता दिएका थिए, काभ्रेका गणेश तामाङको । गणेश एक सामान्य मजदुर मात्रै रहेको खुलेको छ ।

प्रहरीले घटनाको पिछा गरिरहेकै थियो । ती नेपालीले जेम्सलाई आफूले रकम जम्मा गरेको बताए । तर जम्मा गरेका थिएनन् । सो रकम निकाल्न को आउँछ भनेर प्रहरी कुरेको थियो । सोही क्रममा खातावाला गणेशसँगै आएका थिए काभ्रेका सुधीर प्रधान । प्रहरीले तामाङ र प्रधानलाई नियन्त्रणमा लियो । नियन्त्रणमै रहेको बेला सुधीरलाई निरन्तर फोन आउन थाल्यो । रकम पाइयो कि पाइएन भन्दै सोध्न थालियो । सुधीरलाई आएको फोनको लोकेसन भेटियो अध्यागमन विभाग ।

को हुन जेम्स र सुधीर ?
अनुसन्धानकै क्रममा जेम्स र सुधीर साथी भएको खुलेको छ । जेम्स र सुधीरको भेट धुलिखेल कारागारमा भएको थियो । जहाँ उनीहरूले डेढ वर्ष सँगै बिताएका थिए । एक अधिकारीका अनुसार जेम्स ०६३ र ०७० सालमा लागुऔषध कारोबारमा क्रममा पक्राउ परेका थिए । सुधीर डाँका मुद्दामा पक्राउ परेर छुटेका हुन् ।

जेम्स पनि सजाय पाएर छुटेर उनलाई डिपोर्ट गर्न अध्यागमन विभागको हिरासतमा थिए । लकडाउनका कारण उनको डिपोर्ट रोकिएको थियो । उनको राहदानीलगायत सबै कुरा रद्द भइसकेको थियो । हिरासतमै रहँदा जेम्सले प्रहरीमार्फत मोबाइल प्रयोग गर्ने गरेको खुलेको छ । हिरासतमा मोबाइल प्रयोग गर्न पाइँदैन ।

कृषि विकास बैंकमा रकम हालिएको भए सो रकम झिकेर अध्यागमनमै कार्यरत प्रहरीको खातामा हाल्ने र उनले झिकेर जेम्सलाई दिनेसम्मको तयारी रहेको अनुसन्धानमा खुलेका छ । अध्यागमन विभागमा कार्यरत प्रहरीमाथि विभागीय कारबाही सुरु गरिएको बताइएको छ । रकम ठगी नसकिएकाले घटनाबारे के गर्ने भन्नेबारे छलफल भइरहेको एक उच्च अधिकारीले बाह्रखरीलाई बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement