site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना महामारीकाबीच चिनियाँद्वारा सगरमाथा आरोहण सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ आरोहीहरुको समूहले सगरमाथा आरोहण सुरु गरेका छन् । महामारीका कारण यसपटक विदेशी आरोहीहरुका लागि बन्द गरिएको भए पनि चिनियाँहरुले भने सगमाथा आरोहण सुरु गरेका छन् । 

चीन र नेपालको सीमामा रहेको विश्वकै सर्वोच्‍च शिखर सगरमाथामा नेपाल र चीन दुवैतर्फबाट आरोहण गर्न सकिन्छ । चीनतर्फ विदेशी पर्यटकलाई आरोहणमा प्रतिबन्ध लगाइएको छ भने नेपालतर्फ भने कोभिड-१९ का कारण सम्पूर्ण आरोहणहरु रद्द गरिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तीन महिनाअघि चीनमा सुरु भएको कोभिड-१९ कारण ३३ सयभन्दा बढी चिनियाँहरुको मृत्यु भएको छ भने ८१ हजारभन्दा बढी संक्रमित भएका थिए । चीनले अहिले कोरोनाको तीव्र संक्रमण नियन्त्रणमा लिएको बताएको छ । 

करिब दुई दर्जन आरोहीहरु शुक्रबारसम्म सगरमाथाको एड्‍भान्स बेस क्याम्प अर्था करिब ६ हजार ४५० मिटरको उचाइमा पुगेको आरोहीको सम्पर्कमा रहेको चाइन-तिब्बत माउन्टेनेरिङ एसोसियसनले जनाएको छ । 

Global Ime bank

पर्वातारोही तथ्यांककर्ताले यदि अहिले सगरमाथा आरोहणमा गएकाहरु टाकुरामा पुगे भने चिनियाँहरु टाकुरामा पुगेको यो विरलै सफलता हुन्छ । "सन् १९६० मा एकजना चिनियाँ सगरमाथाको सफल आरोहण गरेका थिए," हिमालयन डाटाबेसका रिचार्ड सेल्सबरीलाई भने ।  -बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement