site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 अमेरिका-तालिवानबीचको शान्ति सम्झौतामाथि प्रश्‍न : रोकिएला त अफगानिस्तान युद्ध ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राज्य अमेरिकाले १८ वर्ष लामो युद्ध अन्त्य गर्ने उद्देश्यसहित गत शनिबार तालिबान समूहसँग ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गर्‍यो । यसका लागि अमेरिका र तालिबान समूहबीच निरन्तर १८ महिनादेखि वार्ता भएको थियो । 

सन् २००१ देखिको अमेरिकी सेना र तालिबानी समूहबीच भइरहेको युद्धलाई अन्त्य गर्ने उद्देश्यका साथ कतारको राजधानी दोहामा फेब्रुअरी २९ को साँझ 'फाइनल पिस डिल' (अन्तिम शान्ति सम्झौता) भएको थियो । सम्झौता अनुसार अफगानिस्तानको युद्ध अन्त्य हुने अपेक्षा गरिएको थियो ।

दोहामा उपस्थित तालिबानी प्रतिनिधि मोहम्मद नायिमले 'यो सम्झौतासँगै अफगानिस्तानको युद्ध अन्त्य हुने' अपेक्षा गरेका थिए । त्यसैगरी अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले तालिबान समूहलाई आफूले गरेका प्रतिबद्धताको सम्मान गर्न आग्रह गर्दै कुनै आक्रमणहरु नगर्न आग्रह गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिका र तालिबानी समूहबीच कैदमा रहेका कैदीबन्दीलाई रिहा गर्ने, अमेरिकी तथा नेटो सेना फिर्ता गर्ने र तालिबानी नेताहरुमाथिको प्रतिबन्ध फुकुवा गर्ने सम्झौता भएको थियो । 

तर, सम्झौताको २४ घण्टा नबित्दै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालीबानी कैदीलाई रिहा गर्न अस्वीकार गरेका थिए । पाँच हजार तालिबानीको रिहाको बदलामा तालिबानको कब्जामा रहेका एक हजार सरकारी अधिकारीहरुलाई पनि रिहा गर्ने सम्झौता भएको थियो । राष्ट्रपति घानीले भने 'यो सम्पूर्ण अधिकार अफगानी जनतामा निहित भएको र अफगान-तालिबान वार्तका क्रममा यस विषयमा छलफल गर्न सकिने भए पनि तालिबानीलाई रिहा गर्ने पूर्वशर्त नभएको' बताएका थिए ।

Global Ime bank

यता सम्झौतामा हस्ताक्षर गर्ने एक पक्ष अमेरिकाको अफगानिस्तानमा रहेको सेनाले बुधबार तालिबानी समूहमाथि हमला गर्‍यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानी समूहका नेतासँग 'निकै राम्रो वार्ता' भएको भन्‍ने अभिव्यक्ति दिएको एक घण्टापछि अफगानिस्तानमा रहेको अमेरिकी सेनाले तालिबानी लडाकूमाथि हवाई हमला गरेको थियो । 

अमेरिकी सेनाका प्रवक्ताले भने तालिबानी समूहले हेलमन्द प्रान्तमा अफगानी सैनिकमाथि आक्रमण गर्न थालेपछि जवाफी कारबाही गरिएको बताएका छन् ।

तालिबानीले भने युद्ध अन्त्य गर्न माग गरेको छ । तालिबान समूहका प्रवक्ता सुहेल शाहीनले ट्विटरमा भनेका छन्, "युद्ध अन्त्य गर्नका लागि सम्झौतामा लेखिएका सबै बुँदाहरुको एकपछि अर्को गर्दै कार्यान्वयन गर्ने योजना छ ।" 

उनले थप लेखेका छन्, "विपक्षी समूहले बृहत शान्ति सम्झौताको कार्यान्वयनको क्रममा आउने बाधालाई हटाउनुपर्छ र अफगानिस्तानसँग पनि आधारभूत अधिकारहरु छन् । 

तालिबानी आक्रमणमा १९ मारिए 

तालिबानी लडाकु समूहले अफगानिस्तानको दुईवटा प्रान्तमा आक्रमण गरेको र १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीहरुले बुधबार सिन्ह्वालाई बताएका थिए । 

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन् । प्रान्तीय राजधानी कुन्दुज सहर बाहिर इलाकमा उत्तरी क्षेत्रमा रहेको बाघ इ सिर्कातमा रहेको सैनिक शिविरमा सो आतङ्ककारी आक्रमण भएको प्रान्तीय परिषदका सदस्य फावजिया जवादले सिन्ह्वा समाचार समितिलाई बताएका थिए । 

कुन्दुज सहरकै पूर्वी भागमा पर्ने इलाकामा तालिबानी लडाकु समूहले गरेको अर्को छुट्टै आक्रमणमा परी चार जना स्थानीय प्रहरी मारिएका छन् ।  सो आक्रमण त्यसपछिको झडपका परी तालिबानी लडाकुका तीन सदस्य पनि मारिएका स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका थिए । 

अमेरिकाले के भन्‍यो ? 

दुबै पक्षबीच शनिबारको ऐतिहासिक सम्झौताका लागि हिंसा अन्त्य गर्ने पूर्वसम्झौता भएको ११ दिनपछि पहिलो पटक अमेरिकाले तालिबान समूहमाथि बुधबार आक्रमण गरेको हो । 

अफगानिस्तानमा रहेका सेनाका प्रवक्ता कर्नेल सोनी लिगेटले ट्विटरमा भनेका छन्, "उक्त आक्रमण रक्षामत्मक हमला थियो । अफगान राष्ट्रिय सुरक्षा फौजको चेकपोइन्टमा तालिबानी समूहले आक्रमण गरेपछि त्यसको जवाफी कारबाही गरेका हौं ।" 

सेनाका प्रवक्ता सोनी लिगेटले अमेरिका 'शान्ति सम्झौता कार्यान्वयका लागि प्रतिबद्ध' रहेको  दाबी गरेका छन् । तर, अफगानी सेनाको रक्षा गर्ने जिम्मेवारी भने निर्वाह गर्नेछौं । उनले  तालिबानले अवसलाई दुरुपयोग गर्न थालेमा अमेरिकी सेना अफगानिस्तानको पक्षमा उभिने विषयमा अमेरिका र अफगानिस्तानबीच सम्झौता भएको बताएका छन् । 

उनले हेलमन्द प्रान्तस्थि अफगानी फौजको चेकपोइन्टमा मंगलबार तालिबान समूहले ४३ पटक आक्रमण गरेको दाबी गरेका छन् । उनले अगाडि लेखेका छन्, "हामीले सुरुमा तालिबानलाई औचित्यहीन आक्रमण नगर्न र हमला रोक्न आग्रह गरेका थियौं । हामी अफगानिस्तानको रक्षाका लागि सधैं तयार छौं ।" 

तालिबानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

पछिल्लो आक्रमणले सम्झौतामाथि प्रश्‍न ? 

अमेरिका र अफगानिस्तानका अधिकारीले शनिबारको ऐतिहासिक शान्ति सम्झौतापछि हिंसा न्युनीकरण गर्ने अपेक्षा गरिएको थियो । तर, सम्झौतामा भने युद्ध अन्त्य गर्ने कुरा उल्लेख गरिएको छैन । 

पछिल्लो समय अमेरिकी सेनाले दाबी गरेजस्तै तालिबानी समूहले गरेको आक्रमणको संकेत कैदीबन्दीको रुपमा अफगानिस्तानमा रहेका तालिकानी लडाकूलाई रिहा गर्न सांकेतिक दबाब दिएको हुनसक्ने टिप्पणी गरिएको छैन । 

तालिबानी समूहले अफगानिस्तानसँगको वार्ताअघि आफ्ना लडाकू फिर्ता गर्नुपर्ने माग गर्दै आएका छन् । तर, अफगानिस्तानका राष्ट्रपतिले भने कैदीबन्दीलाई यतिकै रिहा गर्न नसक्ने बताएका छन् । पछिल्लो आक्रमण र प्रत्याक्रमणका प्रसंगले शनिबार भएको सम्झौतामाथि नै प्रश्‍न उठेको छ । अमेरिका पनि आफ्नो सम्झौता कार्यान्वयनका लागि प्रतिबद्धता छ भन्‍नेमा शंका पैदा भएको छ । 

सम्झौतामा तालिबानले सम्मानपूर्वक सम्झौता कार्यान्वयन गरे अफगानिस्तानमा रहेका १४ हजार सेनालाई फिर्ता गर्ने बताएको थियो । तालिबान समूहले पनि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गरेको थियो । सम्झौता पनि सोही बमोजिम भएपछि तालिबानले यस शान्ति सम्झौतालाई आफ्नो जितको रुपमा लिएको थियो । 

१९ वर्षअघि अर्थात सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमणपछि आतंकवादलाई अन्त्य गर्न अमेरिकी सेनालाई अफगानिस्तानमा पठाइएको थियो । अमेरिकामा आक्रमण गर्ने योजनाकार ओसामा विन लादेनलाई अमेरिकासमक्ष उपस्थित गराउन अस्वीका गरेपछि अमेरिकाले एक महिनासम्म निरन्तर हवाई हमला गरेको थियो ।

अमेरिकाले तत्कालै अन्य सहयोगी राष्ट्रको संस्था नेटोसँग मिलेर तालिबानलाई सत्ताबाट च्युत गर्‍यो । त्यसपछि तालिबान विद्रोही समूहमा परिणत भयो र घातक हमलाहरु सुरु गर्‍यो । यसले अमेरिकी सहयोगमा बनेको अफगान सरकालाई थप अस्थिर बनायो । 

तालिबान समूहले सुरुदेखि नै अमेरिकी सेना फिर्ताको माग गर्दै आएको थियो । बीबीसीले गत वर्ष गरेको एक अध्ययन अनुसार अफगानिस्तानको करिब ७० प्रतिशत क्षेत्रमा तालिबान समूहले कब्जा गरेको थियो । सन् २००१ देखियता करिब ३५ सय गैर-अमेरिकी सेनाको मृत्यु भइसकेको छ । 

सन् २०१९ मा संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार ३२ हजार सर्वसाधारणको मृत्यु भएको छ । त्यसैगरी ब्राउन विश्वविद्यालयको वाटसन इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ५८ हजार सेनाको मृत्यु भएको छ भने ४२ हजार तालिबानी लडाकूको मृत्यु भएको छ । - बीबीसी र सिन्ह्वा 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement