site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
माओवादी आयोजक समिति ३ हजार ९९९ सदस्यीय, मातृका यादव पक्षधरद्वारा बैठक बहिस्कार, शशी श्रेष्ठले दिइन् सचिवालय सदस्यबाट राजीनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

 काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति ३ हजार ९९९ सदस्यीय हुने भएको छ । 
माओवादी केन्द्रको पोलिट्ब्युरो बैठकले यस्तो निर्णय गरेको नेता जगत यादवले जानकारी दिए । माओवादीमा आयोजक समिति र पोलिट्ब्यूरोमा कति सदस्य राख्ने भन्ने विवाद लामै समयदेखि देखिएको थियो ।
मंगलबार बसेको बैठकले पोलिट्ब्यूरो सदस्यको संख्या ३ सय ९९ बनाउने पनि निर्णय गरेको छ ।  कार्यालय सदस्य भने ३३ जना हुनेछन् । बैठकले सात प्रदेशमा संयोजक पनि तोकेको छ । १ नम्बर प्रदेशको संयोजकमा गोपाल किराँती, २ नम्बर प्रदेशको संयोजकमा मातृका यादव, ३ मा हितमान शाक्य, ४ मा देव गुरुङ, ५ मा वर्षमान पुन, ६ मा शक्ति बस्नेत र ७ मा लेखराज भट्टलाई संयोजक तोकेको छ । त्यसैगरी प्रवास संयोजकको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिइएको छ । 
यसैबीच गोपाल ठाकुरलाई कार्यालयमा नराखिएको भन्दै मातृका यादव समूहले भने मंगलबारको पोलिट्ब्यूरो बैठक बहिस्कार गरेको छ । स्रोतका अनुसार यसअघि भएको सहमतिअनुसार काम नभएको भन्दै यादव समूहले बहिस्कार गरेको हो । त्यसैगरी माओवादी नेतृ शशी श्रेष्ठले  हेडक्वाटरमा नराखेको भन्दै रुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएकी छन् ।
उनले उर्मीला अर्याललाई हेडक्वाटरमा राखिएको तर आफूलाई नराखेको भन्दै राजीनामा दिएको बैठक स्रोतले जानकारी दियो ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय