site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सीमाङ्कनमा आयोगले दिने प्रतिवेदनलाई आधार बनाइनुपर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । नेकपा एमालेका सचिव भीम आचार्यले देश तथा जनताको हितमा गरिने संविधान संशोधनको पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् । 
रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सचिव आचार्यले अङ्गीकृत नागरिकलाई राष्ट्रको महत्वपूर्ण स्थानमा लैजाने तथा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने प्रयोजनका लागि संविधान संशोधन गर्न नसकिने स्पष्ट गरे । 
उनले सीमाङ्कनका लागि आयोगले दिने प्रतिवेदनका आधारमा अगाडि बढ्नुपर्ने सुझाव दिँदै सरकारले स्थानीय निकाय वा तहको निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिए । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले संविधान समयसापेक्ष रुप परिवर्तन हुँदै जाने मुलुकको कानुन भएकाले संविधानप्रति असन्तुष्ट दल तथा पक्षलाई सम्बोधन गर्न सकिने बताए । 
उनले अहिलेको संविधानले सबै मातृ भाषालाई राष्ट्रिय भाषाको दर्जा तथा देवनागरी लिपिलाई काम कारबाहीका लागि माध्यमका रुपमा मान्यता दिएकाले त्यसमा विवाद गर्न आवश्यक नरहेको विचार व्यक्त गरे । 
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले मधेसी जनताको भावनालाई सम्बोधन गर्न चाँडो संविधान संशोधनको प्रस्ताव ल्याउनुपर्ने बताए । रासस
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC