site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय नेपाल भ्रमण सकारात्मक भएको स्पष्ट पारेका छन् । 
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले राजनीतिक दृष्टिकोणमा शीर्ष तहको भ्रमणको आदान–प्रदान हुनु एकदमै सकारात्मक भएको टिप्पणी गरे । उनले अघि भने, “यो भ्रमणले द्धिपक्षीय पारस्परिक सम्बन्धलाई थप उचाईमा पुर्याउन मद्धत पुगेको छ ।”
उपाध्यक्ष रावलले कुटनीतिक रुपमा राष्ट्रपति मुखर्जीको भ्रमणमा नेपाल सरकारले राष्ट्रिय दिवस जस्तो गरि सार्वजनिक विदा दिएर पहिलेकै चलन दोहोर्याएको गुनासो पोखे । उनले अघि थपे,“यस्तै गर्ने हो भने देश फेरि सामन्ती बाटोमा जाने हो कि भन्ने चिन्ता देखियो ।”
उपाध्यक्ष रावलले छिमेकी राष्ट्रको नेपालप्रतिको सद्भावलाई आफूहरुले सकारात्मक रुपमा लिएको स्पष्ट पारे । यद्धपी उनले राष्ट्रपति मुखर्जीको भ्रमणको बेला उपत्यकामा एम्बुलेन्स समेत चल्न नदिएर नागरिकलाई सास्ती दिने कामप्रति कडा आलोचना गरे । रावलले थपे, “यस्तो पाराले देशलाई बलियो बनाउँदैन, यो त चाकडी हो ।”
उनले संविधान संशोधनको हल्ला फैलाएर सरकारले नौटंकी देखाएको समेत आरोप लगाए । उनले अघि थपे, “यो सरकारले कुन–कुन बुँदामा संविधान संशोधन गर्न चाहेको छ, संविधानको कुन कुन धारामा कुन कुन वर्ग वा जातिलाई के के विभेद गरिएको छ, त्यो त अहिलेसम्म भन्न सकेको छैन ?”
उनले सरकारले संविधान संशोधनबारे अमूर्त हल्ला फैलाएकोमा तिव्र आलोचना गरे । रावलले संविधान संशोधनबारे सत्तारुढ दलहरुले अहिलेसम्म पनि आफ्नो दलसँग कुनै छलफल तथा परामर्श नै नगरेको दाबी गरे । 
तीन वटै निकायको निवार्चन समयमै हुुनुपर्छ भन्नेमा आफ्नो पार्टी गम्भिर रहेको उल्लेख गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले चुनावको कार्यतालिका समेत प्रस्तुत गरेको भएपनि यो सरकारले त्यसलाई गायब बनाएको आरोप लगाए । उनले भने,‘हामीले सरकारको नेतृत्व गर्दा हामीले कार्यतालिका पेश गरेका थियौं, तर यो सरकारले खोई ? कहाँ ल्यायो कार्यातालिका ?’ चुनाव नगर्ने षडयन्त्र हुनु भनेको देश र जनताप्रतिको अपराध भएको रावलको आरोप छ । 
निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव संविधान र कानून बमोजिम अघि बढिरहेको उल्लेख गर्दै नेता रावलले त्यसबारेमा महाअभियोग सिफारिश समितिले पनि काम गरिरहेको जनाए । 
उनले महाअभियोग प्रस्ताव पारित गर्न काँग्रेसले के गर्छ भन्ने आशंका भएपनि काँग्रेसकै जिम्मेवार मन्त्रीहरुले सदनमा त्यसबारेमा स्पष्ट आफ्नो धारणा राखिसकेकोले त्यतातिर चिन्ता नगर्न आग्रह गरे । उनले भने, “कानूनभन्दा माथि कोही पनि छैन ।”
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको तीन महिने कार्यकालबारे टिप्पणी गर्दै भने,“प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्दा जारी गरेको संयुक्त विज्ञप्ती हामीले हेरिसकेका छौं, त्यो वक्तव्यमा उल्लेख भएका कतिपय बुँदाहरु नेपालको संविधान विपरित छन् ।” 
रावलले अघि थपे,“उहाँले भारतसँग थप ऋण लिएर भएपनि १ लाख थप गरेर भुकम्पपीडितलाई दिने भन्नुभयो, तर अहिलेसम्म दिनुभएको छैन, बोलेरमात्रै हुँदैन नि ?”
उनले प्रधानमन्त्री दाहालले ठूला–ठूला परियोजना निर्माण गर्ने, बजार भाउ नियन्त्रण गर्ने, शान्ति र सूरक्षा कायम गर्ने कुरा गरेपनि यो तीन महिनामा केहीपनि गर्न नसकेको आरोप लगाए । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले पनि भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको दाबी गरे । 
खनालले भने, “उहाँको भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएका पछिल्ला सबै खाले तित्तताहरु हटेका छन्, उहाँको सद्भावपूर्ण भ्रमण भएकोले यो भ्रमण एकदमै सफल भयो ।”
यद्धपी उनले मुखर्जीको नेपाल भ्रमणलाई लिएर मुख्यतः दुई वटा विषय उठाएर विवादित बनाउन खोजिएकोप्रति कडा आक्रोश पोखे । उनले थपे, “उहाँको भ्रमणको बेला सार्वजनिक विदा दिएको विषयलाई लिएर आलोचना गरियो, तर यो सहमतिमै गरिएको निर्णय हो, राष्ट्रपति ज्यूका आग्रहमै यो निर्णय गरिएको हो ।”
खनालले भ्रमणका बेला नागरिकहरुले सास्ती पाएको कुरामा भने गल्ती भएको स्विकारे । 
उनले अघिल्लो ओली नेतृत्वको सरकारले नेपालको आन्तरिक एकता भाँड्ने काम गरेको समेत आरोप लगाए । मधेशी मोर्चाको माग पूरा गर्न संविधान संशोधन गर्नुपर्ने भएकोले सरकारले त्यसको लागि अन्तिम गृहकार्य गरिरहेको खनालले जनाए । 
नेपाली काँग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले पनि भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा देखा परेका चिसोपनाहरु हटेको दाबी गरे । 
मधेशी मोर्चाका नेता एवम् नेपाल सद्भावाना पार्टीका अनिल झाले पनि मुखर्जीको नेपाल भ्रमण फलदायी भएको टिप्पणी गरे । झाले भने,‘द्धिपक्षीइ सम्बन्ध उचाईमा पुर्याउन र आपसी विश्वास बढाउन मद्दत पुगेको छ ।’ 
राष्ट्रपति मुखर्जी र मधेशी मोर्चावीच भएको छलफलमा राजनीतिक विषयमा कुरा नभएर के विषयमा कुरा हुनु त भन्दै अध्यक्ष झाले प्रश्न गरे । उनले अघि थपे,‘मुखर्जी हाम्रो नातापर्ने होईनन, उहाँसँग राजनीतिक कुरा नगरेर के गर्ने त ? भारतलाई पनि हाम्रोबारेमा राम्रोसँग जानकारी छ ।’
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC