site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति मुखर्जीले राष्ट्रकविलार्इ सोधे ‘कविजी, हाउ आर यु ?’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ, १७ कात्तिक । ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली... जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ...।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका  हरफहरु सङ्गीतमा तरङ्गित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो । 
कालजयी यस राष्ट्रिय गीतका स्रष्टा राष्ट्रकवि माधव घिमिरे मुस्कुराउँदै मञ्चतर्फ लम्किए । नब्बे वर्ष पार गरिसकेका  वयोवृद्ध राष्ट्रकवि घिमिरे लौरोको सहाराले मञ्चमा पुगे ।  मञ्चमा पाइला राख्ने बित्तिकै भारतका राष्ट्रपति प्रणव मुखर्जीले ‘कवि जी, हाउ आर यु ?’ भन्ने भलाकुसारीका शब्द उच्चारण गरे ।  अङ्गेजी भाषाका ज्ञातासमेत रहेका राष्ट्रकवि घिमिरेले जवाफमा भने,  – “आई एम फाइन, योर एक्स्लेन्सी ।”
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणमा आज काठमाडौँ आएका हुन् । राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भएको एक घन्टाको औपचारिक भेटपछि राष्ट्रपति मुखर्जी यहाँस्थित भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुँदाको क्षण हो यो ।
राजकीय निमन्त्रणामा आउने विशिष्ट व्यक्तिले आफ्नो दूतावासमा आयोजना गरिने स्वागत समारोहमा आमन्त्रित पाहुनाहरुसँग भेटघाट गर्ने परम्परा रहिआएको छ । तत्कालीन भारतका राष्ट्रपति के आर नारायणन् र श्रीमती उषाले पनि नेपालको राजकीय भ्रमणका क्रममा भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुँदा यसैगरी शीर्ष नेता, उद्योगपति, कानुनविद्लगायत विशिष्ट व्यक्तिहरुसँग भलाकुसारी गरेका थिए ।  पूर्वराष्ट्रपति नारायणन्ले विस २०५५ जेठ १४–१६ मा नेपाल भ्रमण गरेका थिए ।
भ्रमणको पहिलो दिन नै भारतीय दूतावासले तत्कालीन राष्ट्रपति नारायणन्को सम्मानमा स्वागत समारोह आयोजना गरेको थियो । राष्ट्रकवि घिमिरे स्वागत समारोहका लागि मध्याह्न १२ बजे नै लैनचौरस्थित भारतीय दूतावासमा पुगेका थिए ।  “जीवनमा मलाई बडो आनन्द मिल्यो” – राष्ट्रपति मुखर्जीसँग हात मिलाएपछि उनले रासससँग भने ।
मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइ दिने देउवाको विश्वास
भारतीय राष्ट्रपतिसँग नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गरे ।  भेटपछि सभापति देउवाले राष्ट्रपतिको भ्रमणमा सहभागी भएका भारतीय सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै भारतीय राष्ट्रपतिको यस भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाल–भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेको र यस्ता विशिष्ट भ्रमणले जनस्तरको सम्बन्ध अझ सुदृढ हुने प्रतिक्रिया दिँदै उनले भने, – “नेपाल नयाँ संविधानको कार्यान्वयन गर्न लागिपरेको छ ।”
भारतीय राष्ट्रपति मुखर्जीसँग नेका महामन्त्री डा शशाङ्क कोइराला, नेता डा शेखर कोइराला, सरकारमा सहभागी नेका र नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरुले भेट गरेका थिए ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, पूर्वसभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले पनि भेट गरेका थिए ।
यसैगरी, भारतीय राष्ट्रपतिसँग भेट गर्ने अन्य नेतामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायत थिए ।
त्यस्तै, राष्ट्रपति मुखर्जीसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले भेट गरेका थिए ।
स्वागत समारोहमा आमन्त्रित व्यक्तिहरुसँगको भेटघाटमा राष्ट्रपति मुखर्जीले करिब आधा घन्टा समय व्यतित गरे ।  सोही क्रममा राष्ट्रपति मुखर्जीले इन्डियन हाउस पुगेर त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।  रासस 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC